coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

रोल्पालीका लागि बजेट भाषण, ‘कागलाई बेल’

रोल्पा सदरमुकाम लिवाङ।

बिहिवार अर्थ मन्त्री खतिवडाले संसदमा पेस गरेको बजेट रोल्पालीका लागि ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ भनेझैं भएको छ। यसपाली पनि बिगतमा जस्तै रोल्पालीले अनुभूति गर्न पाउने खालको बजेट नआएको प्रतिक्रिया दिएका छन्। 

तत्कालिन द्वन्दताका रोल्पामा खासै बजेट आएन र आएको पनि काम हुन नसकेर फिर्ता भएको थियो। शान्ति प्रकृयापछि कहिले कसो रोल्पाली मन्त्री वा सभामुखको निगाहमा आर्थिक बर्षको अन्त्यमा केहि थप बजेट रोल्पा भित्रिने गरेको भए पनि गतिलो योजना र आयोजनाहरुको नाम नै नसुनिने रोल्पालीहरु बबताउँछन्।

 बिहीवारको बजेट ध्यान पुर्र्वक सुनेका नेपाल कम्युनिष्ट पाटी नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्ती यसपालिको बजेट प्रतिपूर्ण सन्तुष्ट छैनन्। ‘रोल्पालीका लागि नर्मल बजेट आयो। उल्लेख्य केहि आएन अर्थात रोल्पा र रोल्पालीले गौरव गर्न लायकको कार्यक्रम देखिएन।’ उनी भन्छन् ‘गौरबका योजना पनि सुनिएन। समग्रमा रोल्पालाई छुनेखालको बजेट देखिएन।’  

उनी जस्तै नेपाली कांग्रेस रोल्पा सभापती अमरसिंह पुन पनि बजेट प्रति सन्तुष्ट छैनन्। ‘रोल्पाका लागि बजेटमा केहि बोलिएन। गौरबको गतिलो योजना देखिएन। मदन भण्डारी राजमार्गले रोल्पा छोएर आउछ कि भन्ने आश थियो तर कतै बोलिएन।’ उनी भन्छन् ‘बजेटमा रोल्पालीका लागि नौलो कुरा केहि छैन्। कागलाई बेल पाके जस्तै भयो।’

लामो समय द्वन्दले थलिएको रोल्पामा बिभिन्न समयमा राजनीतिक पहँुचबाट थप धेर थोर बजेट भित्रिए पनि ठूला योजना वा गर्ब गर्न लायकका काम भने हुने गरेको पाइदैन। त्यसो त जिल्लामा सडक सञ्जाल बिस्तार भएको छ। भौतिक निर्माणमा पनि केहि बर्ष यता बजेट भित्रिने गरेको छ तर शिक्षा, स्वास्थ्य, रोजगार, कृषि जस्ता बिषयमा न बार्षिक बजेट बोल्छ नत अन्य समयमा भित्रिने बजेटले सम्बोधन गर्छ। नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने भन्छन् ‘नेताहरुको सघन उपस्थिति रहेको पश्चिम रोल्पाका बारेमा दुई ठाउँमा रोल्पाको नाम बोलिए पनि पुर्बि रोल्पा त झनै त्यसमा पनि परेन। समग्रमा रोल्पालीका लागि दुर्भाग्य पूर्ण बजेट देखियो।’  

जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा पनि बजेट रोल्पालीका लागि सन्तोष जनक नभएको बताउछन्। उनी भन्छन् ‘माडी जलासय योजनाको अध्ययन र सहिदमार्गका बारेमा बाहेक अन्य केहि सुनिएन। बजेटबारे सबै अध्ययन नगरेर बोल्नु पनि भएन। समग्रमा जति समेटिनु पर्ने थियो त्यती समेटिएको देखिएन।’ सत्ताको चरम सदुपयोग गर्दै आमुल परिबर्तन गर्ने आश्वासनका साथ हिजो युद्ध लडेकाहरु सत्तामा रहे पनि युद्धको उद्गम थलोमा गर्ब गर्न लायकको बजेट नआएपछि रोल्पालीहरुको असन्तोष बढेको हो। द्वनदका समयमा मारिएका, बेपत्ता पारिएका, घाइते, टुहुरा, अंगभंग भएका अनि त्योबेला घरबार बिहिन बनेकाहरुको पक्षमा बजेट कतै बोलेको देखिएन।  

बालकल्याण नमुना माध्यिक बिद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेल बजेटले सामुदाियक बिद्यालयलाई अपमान गर्न खोजिएको बताउछन्। ‘शिक्षा क्षेत्रमा सुधारका लागि केहि देखिएन। बजेट समाजबाद तर्फ उन्मुख भनिए पनि शिक्षा क्षेत्रलाई निजीकरणतर्फ लगेको देखिन्छ यो आपत्तीजनक छ।’ उनि भन्छन् ‘समग्रमा बजेट यथास्थीतीवादी देखियो। रोल्पालीका लागि कहि उल्लेख्य केहि देखिएन।’ बजेटको आकार सानो हुनु वा कोरोना प्रभाबले तलमाथि हुनु एउटा कुरा हो तर बिगतमा द्वन्दका नाममा ठगिएको जिल्ला शान्ती प्रकृयापछि पनि निरन्तर ठगिईरहदा रोल्पालीहरुले चित्त दुखाएका छन्। 

प्रकाशित: १६ जेष्ठ २०७७ ०७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App