९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

बजेटबारे व्यवसायीको प्रतिक्रिया : कसले के भने ?

उद्योगी व्यवसायीहरुले कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रलाई सहयोग पुर्याएउने गरी बजेट आएको प्रतिक्रिया दिएका छन्।  नेपाल चेम्बर अफ कमर्सका अधयक्ष राजेशकाजी श्रेष्ठले कोरोनाको संक्रमणबाट मानव जीवन बचाउने गरी बजेट आएकोले स्वागत योग्य भएको बताए। उत्पादनका लागि आउनुपर्ने आर्यक्रम भने अपेक्षा अनुसार आउन नसकेको उनले बताए। यस्तै कृषि, उत्पादन, रोजगारी सबै क्षेत्रलाई समेटिएको तर कार्यान्वयनमा अझैपनि आशंका गर्ने ठाउँ रहेको बताए। तर कोरोनाबाट अर्थतन्त्रमा पर्ने असरका लागि छुट्याएको रकम ५० अर्ब रकम न्यून भएको उनले बताए। कोरोनाबाट भएको क्षति कम गर्न सबै क्षेत्रलाई समेटेको छ तर विनियोजन गरेको बजेट अझै अपुग हुने लागेको उनले बताए। उनले उद्योगी व्यवसायीको सुझाव अनुसार विद्युतमा छुट दिइएको बताए। स्वास्थ्य क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट आएकोले स्वागत योग्य भएको उनले बताए।  

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले बजेट लगानी अभिवृद्धि गर्ने विषयमा केन्द्रीत भएको बताए। रोजगारी सिर्जनाका लागि लगानी बढाउने विषयमा आएका विषयहरु राम्रो भएको बताए। बाहिरबाट आउने व्यक्तिहरुलाई कृषिमा लगाउने र कृषिलाई आधुनिकिकरण गर्ने विषय समेत समावेश भएको बताए। स्वास्थ्य क्षेत्रमा कसरी अगाडी बढने विषय समेत प्रष्टसँग  समेटिएको बताए। उनले विस्तृतमा अध्ययन गरेपछि परिसंघले आफ्नो धारणा बनाउने समेत बताए।  

होटल संघका प्रथम उपाध्यक्ष विनायक शाहले कोरोना भाइरसका कारण सबैभन्दा बढी संकटमा परेको पर्यटन क्षेत्रको पुर्नरुत्थानका लागि बजेटले उपयुक्त कार्यक्रम ल्याएको बताए। होटल क्षेत्रमा लगायत समग्र पर्यटन क्षेत्रको पुर्नरुत्थानका लागि बजेटले धेरै कुरा समेटेको बताए। व्यवसायीहरुको ऋणको ब्याज र साँवा तिर्नका लागि ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने गरी ५० अर्बको पुर्नरुत्थान कोष र एक खर्बको पुर्नसंरचना कोष ल्याउनु सकारात्मक भएको बताए। यस्तै उद्योग तथा प्रतिस्ठानमा काम गर्ने कर्मचारीको लागि समेत उचित व्यवस्था गरिएको बताए। कर र महसुल छुटका कुरा पनि सकारात्मक रहेको उनले बताए। आन्तरिक पर्यटन विकासका लागि देश दर्शनको कार्यक्रम ल्याएको छ, एयरपोर्टको स्तरउन्नती गर्ने, पर्यटनका नयाँ गन्तव्य विकास गर्ने लगायतका कुरा आएकाले बजेट स्वागत योग्य छ। नीति कार्यक्रमहरु राम्रो आएको तर कार्यान्वयन पक्षमा चुनौति रहेको उनले बताए।  

 

प्रकाशित: १५ जेष्ठ २०७७ १४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App