९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

सहुलियतपूर्ण कर्जा २ प्रतिशतमा पाईने

आगामी आवमा मुलकका बैंकहरुले २ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्नै भएको छ। अर्थमन्त्री युवराज खतिवडाले बिहीबार संघीय संसदमा आगामी आवको बजेट प्रस्तुत गर्दै वाणिज्य बैंक, विकास बैंकले २ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्नै बताएका हुन्। यसअघि सहुलियतपूर्ण कर्जा ५ प्रतिशतमा प्रवाह गर्नूपर्नै व्यवस्था थियो।  

नेपाल उद्योग वाणिज्य महासंघ लगायतका अन्य उद्योग व्यापारीहरुले कोभिड–१९ का कारण २ प्रतिशत ब्याजदरमा सुहलियतपूर्णको माग गर्दै आएका थिए।  

२ प्रतिशत ब्याजदरको उक्त कर्जा प्रावह गर्न वाणिज्य बैंकका हरेक शाखा कार्यालयले कम्तीमा १० दशजालाई उक्त शिर्षकमा कर्जा दिनु पर्नेछ। त्यसैगरी, विकास बैंकका हरेक शाखा कार्यालयले ५ जनालाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्नेछ।  

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको चैत मसान्तसम्म ५३ अर्ब ८७ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा लगानीमा रहेको छ। २८ हजार ६ सय ५९ ऋणीलाई उक्त सहुलियतपूर्ण कर्जा वितरण गरिएको हो।  

उक्त रकममध्ये २३ हजार ४ सय ९ जनालाई ५० अर्ब ४७ करोड रुपैयाँ व्यावसायिक कृषि तथा पुशपन्छी कर्जा र ५ हजार २ सय ५० जनालाई ३ अर्ब ४१ करोड रुपैयाँ अन्य क्षेत्रमा लगानीमा रहेको छ।  

त्यसैगरी, आगामी आवमा कृषि, साना तथा मझौला उद्योग, पर्यटन, लगायतका व्यापार व्यवसाय गर्न ५ प्रतिशत ब्याजदरमा १ खर्ब रुपैयाँ पुर्नकर्जाको लिने सकिने भएको छ।  

यसका लागि ५० अर्ब रुपैयाँको छुट्टै कोष खडा गरिने उनले बताए। त्यसैगरी, आगामी आवमा सरकाले भूमि बैंकका पनि स्थापना गर्नै भएको छ। कृषिको उत्पादन तथा बजरीकरणका लागि भूमि बैंकको स्थापना गरिने उनले बताएका हुन्।  

मुलुकका तीन सय स्थानिय तहमा भूमि बैकका लागि आगामी आवमा ५० करोड रुपैयाँ छुट्याइएको बताउँदै उनले उक्र कार्यक्रम सञ्चालन भएपछि कृषकलाई कर्जा लिन सहज हुनेछ।  

आगामी आवमा सरकाले बीमा शुल्क तथा साना ऋणीलाई ब्याज अनुदान लिने भएको छ। यस शिर्षकमा १३ अर्ब ९६ करोड रुपैयाँ विनियोजना गरेको अर्थमन्त्री खतिवडाले बताएका छन्।  

वार्षिक ५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्न १ खर्ब रुपैयाँको पुर्नकर्जा कोष सञ्चालन गरिने जनाइको छ।  

आगामी आवमा विद्युयित माध्यमवाट हुने भुक्तानीलाई प्रोत्साहन दिइने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेवोन), नेप्से र सीडिएससीको पूर्नसंरचना गरिने भएको छ।  

त्यसैगरी, आगामी आवमा बैंक तथा वित्तीय संस्था एक अर्कामा गाभ्ने प्रक्रियालाई निरन्तरता दिने उनले बताएका छन् ।

 

प्रकाशित: १५ जेष्ठ २०७७ १२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App