१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बैंक तथा वित्तीय संस्थाको डेढ खर्ब जोखिममा

कोभिड–१९ को महामारीका कारण विश्व अर्थतन्त्र ओरालो लागेकाबेला मुलुकका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको जोखिम बढ्दै गएको छ।  बैंक तथा वित्तीय संस्थाले पर्यटन क्षेत्रमा करिब एक खर्ब ५० अर्ब रुपैयाँ लगानी गरेका छन्। उक्त रकम चालु आर्थिक वर्षको चैत मसान्तसम्म हो।  

कोभिड–१९ सूरु हुनुभन्दा अघिदेखी नै सरकारले भ्रमण वर्षको प्रचार–प्रसार गर्दै आएकाले मुलुकका बैंक, वितीय संस्थाले पर्यटन क्षेत्र विषेशगरी होटेल तथा रिसोर्ट लगायमा लगानी गरेका थिए।  

सरकारले २० लाख पर्यटन भित्र्याउने नारा सहित सूरु गरेको भ्रमण वर्षका कारण होटल तथा रेष्टुरा, आरोहण, ट्रकिङ् लगायततका क्षेत्रमा कर्जा लगानी बढेको गरेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए।  

‘बैंक वित्तीय संस्थाले कूल कर्जाको केही निश्चीत प्रतिशत रकम पर्यटन क्षेत्रमा प्रवाह गर्नूपर्नै प्रावधानले यो क्षेत्रमा ठुलो मात्रामा कर्जा प्रवाह भएको हो’ उनले भने ‘तर, सरकारले पर्यटन वर्ष घोषणा गरेपछि विभिन्न संघ संस्था र निजी क्षेत्रको पनि लगानी बढेको थियो।’

२० लाख विदेशी पर्यटक भित्र्याउने नारा सहित सुरु भएको नेपाल भ्रमण वर्ष २०२० का कारण अधिकांस होटल व्यवसायीले बैंक तथा वित्तीय संस्थावाट कर्जा लिई लगानी बढाएको होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले बताए।  

हालसम्म मुलुकको होटल क्षेत्रमा करिब १० खर्ब रुपैयाँ लगानी रहेको बताउँदै यो वर्षमात्र दुई खर्ब रुपैयाँ बैंकको ऋण रहेको उनले जानकारी दिए।  

मुलुकको होटल क्षेत्रमा बैंक वित्तीय संस्थाले चालु आवमा करिब १५ अर्ब रुपैयाँ लगानी गरेको उनले बताए।  

नेपाल भ्रमण वर्षलाई लक्षित गरी सञ्चालनमा ल्याएका होटलमा लामोसयम ताला लागेको बताउँदै उनले लकडाउनका कारण होटल वन्द भएपछि अवस्था जानुक हुँदै गएको संघका प्रथम उपाध्यक्ष शाहले बताए।  

एकातिर लकडाउनका कारण होटल सञ्चालन गर्न नसक्ने अवस्था छ भने अर्कोतिर बैंकले कर्जाको लागि फोन गर्न सूरु गरिसकेको ट्रेकिङ् एजेन्सी एसोसिएसन आफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले बताएका छन्।  

‘सरकारले बैंक तथा वित्तीय संस्थाको ऋण असुली गर्नका लागि भएपनि होटल व्यवसायीलाई आगामी आवको बजेटमा यसअघि बैंकवाट कर्जा लिएका व्यवसायीलाई पूनकर्जाको सुविधा दिनुपर्छ’ उनले भने, ‘करिब दुई महिनाको लकडाउन कारण होटल व्यवसायीले लामो सयम नोक्सानी व्यहोर्नू पर्नै अवस्था आएकाले सरकारले यी क्षेत्रलाई विशेष प्राथमिकामा राखि दुई वर्षसम्म तिर्न मिल्ने गरी पूर्नकर्जा उपलब्ध गराउनु पर्छ।’

यसअघि लिएको बैंकको कर्जा तिर्नका लागि पनि सरकारले व्यवसायीलाई समूहगत रुपमा दुई प्रतिशत ब्याजदरमा २० लाख रुपैयासम्म कर्जा लिनु दिनुपर्नै टानका अध्यक्ष सुवेदीले बताए।  

त्यसैगरी, बैंकिङ् क्षेत्रको ठूलो हिस्सा लगानी रहेको पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो क्षति पुगेको सम्वन्धित व्यवसायीले बताएका छन्।  

बैंकवाट कर्जा लिई व्यापार, व्यवसाय सूरु गर्न तयार भएर बसेको समयमा सूरु भएको लकडाउनका कारण करिब १८ सय ट्रेकिङ् कम्पनी वन्द भएको बताउँदै उनले कम्पनी नै वन्द भएपनि बैंकको साँवा ब्याज समयमै कसरी तिर्नै ? भन्ने प्रश्न गरे।  

२१ वाणिज्य बैंकको छाटा संगटन नेपाल बैंकर्स संघका अनुसार पर्यटन, होटल लगायकता क्षेत्रमा भएको लगानी असुली लकडाउपछि सुस्ताउँदै गएको छ।  

लकडाउनका कारण होटल व्यवसाय बन्द भएपछि नेपाल राष्ट्र बैंकले चैत मसान्तसम्म बुझाउनु पर्नै सावाँ ब्याज असार मसान्तसम्म भुक्तानी गर्न सक्ने व्यवस्था लागु गरेको थियो।  

तर, ऋणीले नियमती तिर्दै आएको ब्याजमा दुई प्रतिशत छुट पाउने व्यवस्था लागु गर्दा पनि लकडाउनपछि कर्जा असुली सुस्त गतिमा भइरहेको सम्वन्धित बैक तथा वित्तीय संस्थाले जनाएका छन्।  

राष्ट्र बैंकका अनुसार डकलाउनमा समयमा समेत बैंक वित्तीय संस्थाको कर्जा लागनीर निक्षेप संकलनमा वृद्धि भएको छ।  

चैत मसान्तदेखी जेठ ६ गतेसम्म करिब १६ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ भने सोही अवधीमा निक्षेप करिब ३० अर्ब रुपैयाँ बढेको राष्ट्र बैंकले जनाएको छ।  

 

 

प्रकाशित: ७ जेष्ठ २०७७ १२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App