८ वैशाख २०८१ शनिबार
अर्थ

तेह्रथुममा पहिलो पटक ढाका उद्योग स्थापना

तेह्रथुम–जिल्लामा पहिलो पटक ढाका धागो उद्योग स्थापना भएको छ।

जिल्लामा व्यावसायिक ढाका बुन्दै आएका ढाका व्यावसायीहरुको पहलमा म्याङलुङ नरगगपालिकाको आर्थिक सहयोगमा जिल्लामै पहिलो पटक धागो उद्योग स्थापना भएको हो।

धागो उद्योगको म्याङलुङ नगरपालिकाका मेयर सञ्जय कुमार तुम्बाहाङफले धागो मेसिनको स्वीच अन गरेर उद्धघाटन गरे।

जिल्ला लघु उद्यमी संघको भवना स्थापना गरिएको उक्त धागो उद्योग करिब २७ लाख रुपैयाँ लागतमा स्थापना गरिएको जिल्ला लघु उद्यमी संघ तेह्रथुमका अध्यक्ष तुलसीप्रशाद अधिकारीले जानकारी दिए।

उनले लामो समयको प्रयास पछि जिल्लामै ढाका उत्पादनका लागि धागो तयार गर्ने मेसिन स्थापना गरिएकोले अब साना तथा मझौला ब्याबसायीहरु सुबिधा भएको बताए।

प्रकाशित: २५ मंसिर २०७६ १३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App