१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘ब्रान्डमा गरिने खर्च लगानी हो’

पुनम सिंह, मार्केटिङ, सहायक प्रबन्धक, हंसराज हुलासचन्द एन्ड कम्पनी

काठमाडौं – उद्योग व्यवसायमा सबैभन्दा ठूलो अर्थ कुन कुराले राख्ला ? सायद सबैको एउटै उत्तर हुन्छ, ब्रान्ड। व्यापार, व्यवसायमा ब्रान्डको आफ्नै महत्व छ। अहिलेको संसारमा लोकप्रिय ब्रान्ड नबनाएसम्म वस्तु तथा सेवा बेच्न सकिँदैन। पहिले ब्रान्ड स्थापित गर्न गाह्रो छ।

त्यसलाई टिकाएर राखिराख्न झनै गाह्रो। त्यसैले वस्तु तथा सेवा उत्पादक कम्पनी, उद्योग प्रतिष्ठान, व्यापारिक घराना सबैको एउटै चुनौती हुन्छ आफ्नो ब्रान्ड बनाउने र त्यसलाई लोकप्रिय र उपभोक्ताको विश्वास जित्नेखालको कसरी बनाउने ? उपभोक्ता सचेत बनेको अहिलेको समयमा बजारमा आफ्नो ब्रान्डलाई स्थापित नगराएसम्म कुनै पनि उद्योगी व्यवसायीले लक्ष्यअनुसारको व्यापार, व्यवसाय गर्न सक्दैनन्।

यो अधिकांश व्यवसायीलाई थाहा नभएको विषय होइन। तर, बजारमा आफ्नो ब्रान्ड कसरी लोकप्रिय बनाउने ? कुन–कुन तरिका र शैली अपनाउने ? कति र कस्तो साधन र स्रोत खर्च गर्ने ? बजारलाई ब्रान्डबारे जानकारी दिन कुन तरिका प्रयोग गर्ने ? आफ्नो जस्तै लोकप्रिय बनेको प्रतिस्पर्धी ब्रान्डलाई कसरी पछाडि पार्ने ? यस्ता यावत विषयले ब्रान्डलाई अगाडि र पछाडि धकेल्ने गरेका उदाहरण धेरै छन्। एक दशकअघि मोबाइलको विश्वबजारमा नोकिया ब्रान्डको एकछत्र राज थियो। लाग्थ्यो, नोकियाका मोबाइल सेटलाई कसैले जित्ने छैनन्। वर्षौंसम्म बजारमा नोकियाकै राज चल्नेछ। तर, एक दशक नबित्दै बजारमा नोकिया पनि छ र ? भन्ने अवस्था आएको छ। यसका पछाडि धेरै कारण हुन सक्छन्। तर, प्रमुख कारण समय र उपभोक्ताको चाहनाअनुसार नोकियाले काम गर्न नसक्नु हो। बजारको मागअनुसार नयाँ उत्पादन ल्याउन नसक्नु हो।  

नेपाली बजार कारोबारका हिसाबले सानो छ। तर यहाँका उपभोक्तालाई पनि ब्रान्डको आफ्नै महŒव छ। नेपाली समाज क्रमशः सचेत र चनाखो बन्दै गएको छ। उपभोक्तामा ब्रान्डप्रति लगाव छ। सायद यही कुरालाई बुझेर हुनसक्छ नेपाली बजारमा आएका अधिकांश कम्पनीले ब्रान्ड स्थापित गर्न धेरै प्रयास गरिरहेका छन्। पहिले नै स्थापित ब्रान्डहरुले आफ्नो स्थान कायमै राख्न जुझारुपन देखाइरहेका छन्। यसको एउटा उदाहरणका रुपमा बजाज ब्रान्डका उत्पादनलाई लिन सकिन्छ। भारतका ठूला र लोकप्रिय कम्पनीमध्ये एक हो ‘बजार अटो लिमिटेड’। यही कम्पनीले ‘बजाज’ ब्रान्डमा उत्पादन गरेका दुईपाँग्रे मोटरसाइकल नेपाली बजारमा सन् १९९८ देखि हंसराज हुलासचन्द एन्ड कम्पनीले बिक्री गर्दै आएको छ। बजाज नेपाली बजारमा वर्षौदेखि लोकप्रिय ब्रान्डका रुपमा स्थापित भएको छ। तर, यो भन्दैमा बजार अहिले त्यसै बसेको छैन। ब्रान्डलाई अझै अगाडि लैजान र प्रतिस्पर्धी कम्पनीलाई बजार हिस्सा खोस्न नदिन कम्पनीले दैनिक केही न केही काम गरिरहेको छ। नयाँ–नयाँ उत्पादन त ल्याएको छ नै। यसलाई उपभोक्तासम्म पु¥याउन दरिलो मार्केटिङको व्यवस्था पनि गर्दै आएको छ। ब्रान्डका लागि वार्षिक करोडौं रुपैयाँ खर्च गरिरहेको छ।

कम्पनीको मार्केटिङ विभागकी सहायक महाप्रबन्धक पुनम सिंह ब्रान्डमा गरिने खर्चलाई लगानीका रुपमा व्याख्या गर्छिन्। नेपाली बजारमा कतिपय व्यवसायीले ब्रान्ड प्रचारका लागि विज्ञापनमा गरिने खर्चलाई अनावश्यक ठान्छन्। यस्तो दृष्टिकोण राख्नेहरु बजारमा धेरै दिन टिक्न सक्दैनन्। पुनमको धारणा भने यसमा फरक र यथार्थपरक छ। ‘ब्रान्डमा एक रुपैयाँ खर्च गर्दा कम्पनीको तीन रुपैयाँ बराबर बिक्री बढ्छ,’ नागरिकसँगको कुराकानीमा उनले भनिन्, ‘ब्रान्डमा गरिएको लगानी खर्च होइन लगानी थपिएको हो।’

विश्व बजारमा स्थापित कम्पनीले आफू स्थापित भएको भन्दैमा प्रचार प्रसार गर्न छोड्दैनन्। नत उपभोक्ताको चाहनाअनुसार नयाँ नयाँ सिर्जना बजारमा ल्याउन छाड्छन्। विश्व बजारको यही मान्यतामा पुनम पनि देखिएकी छन्। ‘हामीले ब्रान्डमा गरेको लगानीकै कारण विगत १५ वर्षदेखि बजारमा लिडरका रुपमा स्थापित भएका छौं,’ पुनमले भनिन् ‘उपभोक्ताको चाहना र समयअनुसारको उत्पादन बजारमा ल्याउन सकेको र त्यसलाई उपभोक्तासम्म पु¥याएकै कारण अहिलेको ‘पोजिसन’ हात लागेको हो।’

पुनमका अनुसार बजाज ब्रान्डले नेपालमा व्यावसायिक उडान सुरु गर्नुभन्दा पहिले आरटी जेड, सन्नी लेजेन्डजस्ता दुईपांग्रे सवारीबाट ग्राहकको मन जितिसकेको थियो। बिस्तारै फोरएस च्याम्पियन र क्यालिबर हुँदै कम्पनीले अहिले पल्सरमा मात्रै विभिन्न मोडल तथा क्षमताका मोटरसाइकल ल्याएको छ। यी सबै उपभोक्ताको चाहनालाई हेरेर निर्माण गरिएको हो।

पछिल्लो समय मोटरसाइकल खरिदकर्ताको पहिलो रोजाइ बन्न सफल पल्सर नेपालमा सन् २००१ बाट भित्रिएको थियो। पल्सरले हाल विश्वका ४० देशमा आफ्नो उपस्थिति जनाएको छ। ‘नेपालमा अन रोड तथा अफ रोडका लागि अत्याधिक रुचाइएको बजाजले हाल देशभर ‘थ्रिएस’ अर्थात् सेल्स, स्पेयर पार्टर्स तथा सर्भिस सेन्टर स्थापना गरेको छ। कम्पनीले मुलुकभरमा एक सयभन्दा बढी शाखा तथा तीन सयभन्दा बढी आधिकारिक बिक्री केन्द्रमार्फत उपभोक्ताको माग पूरा गर्दै आएको छ।

ब्रान्ड र उत्पादनको प्रचार प्रसार गर्न कम्पनीले प्रत्येक वर्ष विभिन्न अवार्ड कार्यक्रम, कार्यक्रमलाई स्पोन्सर, एक्सचेन्ज अफर, ¥याली, चाडपर्व अफरलगायत ग्राहकलक्षित योजना सार्वजनिक गर्दै आएको छ। पुनमले चालु वर्षकै कम्पनीको लोकप्रिय ‘क्याम्पेन’ ‘भविश्यवाणी अब कति जितिन्छ, पहिल्यै देखिन्छ’लाई उदाहरणका रुपमा पेस गरिन्। यो क्याम्पेनले कम्पनीको ब्रान्डसँगै उत्पादित वस्तु बिक्री गर्न अतुलनीय योगदान पु¥याएको छ।

पुनमका विचारमा ब्रान्डको लोकप्रियतासँगै उत्पादन पनि उत्कृष्ट र आधुनिक हुनुपर्छ। नत्र ब्रान्ड ब्रान्ड भन्दैमा पनि केही हासिल हुँदैन। यही मान्यता राखेर कम्पनीले अत्याधुनिक प्रविधिबाट उत्पादन हुने बजाजका मोडलमा उत्कृष्ट डिटिएसआई इञ्जिन, डिजिटल कन्सोल, एडभान्स टेक्नोलोजी, राइड कन्ट्रोल स्विचजस्ता सुविधायुक्त विशेषता समावेश गरेको छ। यही कारण अधिकांश नेपालीको पहिलो रोजाइमा पर्न सफल भएको उनको विश्वास छ।

‘बजाज नै सबैको रोजाइ बनाउन दक्ष र तालिमप्राप्त कर्मचारी, देशभर उपस्थिति, स्पेयर पार्टर्सको सहज उपलब्धता जस्ता कारणले पनि बजाज ब्रान्ड ग्राहकमाझ लोकप्रिय बन्न सफल छ,’ उनले भनिन् ‘पल्सरको आकर्षक लुक्स, पर्फर्मेन्स र उत्कृष्ट माइलेजका कारण अहिले विशेषतः युवाको पहिलो रोजाइमा पर्न सफल भएको छ।’

१५० सिसी क्षमताबाट नेपाल भित्रिएको बजाजले आफ्नो आकर्षणलाई विशेष ध्यान दिँदै इन्जिनको क्षमता वृद्वि गरेर १६०, १८०, २०० र २२० सिसी पु¥याएको छ।

बजाज नेपालमा धेरै मन पराउनुका पछाडि जस्तोसुकै कठिन बाटोमा समेत सहजै जानसक्ने, उत्कृष्ट माइलेज तथा आवश्यक स्पेयर पार्टर्स सस्तो र सरल उपलब्धता नै भएको उनले जानकारी गराइन्।

नेपालमा उपयुक्त बाटोको असहजताका कारण बजाजका १५० सिसी सेगमेन्टका मोटरसाइकल हरेक उमेर समूहको पहिलो रोजाइ बन्ने गरेको भए पनि अहिले २२० सिसी क्षमतासम्मको रोजाइ उपभोक्ताको आकर्षणको केन्द्र बन्दै आएको उनको भनाइ छ। पछिल्लो समय सहरमा मात्र नभई ग्रामीण भेगमा समेत सडक विस्तार व्यापक रूपमा भइरहेकाले बजाजमध्येको कुनै पनि एक सेग्मेन्टलाई उपभोक्ताले आफ्नो सारथी बनाउँदै आएको उनले दाबी गरिन्।

यो वर्षको दसैं र तिहारलाई लक्षित गरे ल्याएको ‘भविश्यवाणी अब कति जितिन्छ, पहिल्यै देखिन्छ,’ योजना (जुन हालसम्म पनि जारी छ) ले सतप्रतिशत लक्ष्य हासिल गरेको उनी बताउँछिन्। उनका अनुसार जारी योजनामा बाइक किन्नुअधि नै एक लाख रुपैयाँसम्म एडभान्स क्यास र किनेपछि फेरि एक लाखसम्मको नगद पुरस्कार पाउन सक्ने भएकाले अत्यन्त सफल छ।

‘दसैं र तिहार मुख्य व्यापारिक सिजन भएकाले पनि जारी योेजनाबाट कम्पनीले सोचेभन्दा निकै माथिको लक्ष्य हासिल गरेको छ,’ उनले भनिन्, ‘बोनसको सिजन हो। सबैले आफ्नो बजेट अनुकूलको स्किम पाएका कारण एक्सचेन्ज तथा नयाँ बाइक किन्ने उपयुक्त समयको छनोट गर्न छुटाएनन्।’

हाल एक सय डिलर्स र दुई सय ५० एसएसपी तथा उल्लेख्य स्थानमा सर्भिस पार्टस्को व्यवस्था रहेको जनाउँदै उनले आफ्ना उपभोक्ताले पैसालाई बजाजको ब्रान्डसँग तुलना नगर्ने गरेको पनि उनले सुनाइन्। नेपालमा मोटरसाइकलमा क्याम्पियनको ट्रेन्ड बजाजले सुरु गरेको पुनमले जानकारी दिइन्। ‘आफ्नो भविश्यसम्मलाई साथ दिने सवारी खरिदमा उपभोक्ताको चाहाना हुने भएकाले बजाज सबैको रोजाइमा पर्नु स्वभाविक नै हो,’ उनले भनिन्।

पुनमको धारणामा कम्पनीका लागि हरेक दिन नयाँ दिनका रुपमा रहने गर्छ। आफ्ना उपभोक्ताको सुविधालाई हेरेर कम्पनीले मुस्ताङमा पनि उपस्थिति जनाइसकेको छ। चाँडै जुम्ला र हुम्लाबाट सेवा दिन गइरहेका छौं।

पुनमका अनुसार अटोमोबाइल क्षेत्रमा सिजन नभएको समयमा आफ्नो बजारबारे थाहा हुन्छ। उनले पुस र माघमा केही डिमान्ड कम हुने भए पनि कम्पनीले भने उक्त सिजनमा समेत हाई डिमान्ड फेस गर्दै आएको उनको भनाइ छ। उनले भनिन्, ‘हरेक हप्ता र महिना बजाजले बजारको अध्ययन गर्ने गरेको छ। उक्त अध्ययनकै आधारमा प्रवद्र्धन हुने गरेको हो।’

बजाजले नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै भ्रमण वर्षको सचिवालयसँग समन्वयमा ‘नेक्स्ट डिस्टिनेसन’ अभियानलाई प्रवद्र्धन गरेको छ। नयाँ गन्तव्यको पहिचान र उक्त गन्तव्यमा बजाज सहजै पुग्न सक्ने भन्दै अभियानमार्फत कम्पनीले प्रवद्र्धनमा सहयोग गरेको हो। सरकारले घोषणा गरेका एक सय पर्यटकीय गन्तव्यभन्दा बाहिर पनि निकै पर्यटकीय गन्तव्य रहेको जनाउँदै कम्पनीले त्यस्ता गन्तव्यको प्रचार प्रसारमा जोड दिन अभियानलाई साथ दिएको हो।

सहायक महाप्रबन्धक पुनम भन्छिन्, ‘बजाजको यो अन्तिम अभियान होइन। सरकारी होस् वा निजी या आफ्नै हामी सधैं सधैं नयाँ नयाँ अभियान ल्याएर उपभोक्तासँग जोडिने छौं। हाम्रो लक्ष्य नै उपभोक्ताको सन्तुष्टि हो।’

प्रकाशित: १ मंसिर २०७६ ०३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App