१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जीवन बिमा कम्पनीको चुक्ता पुँजी ३० अर्ब ८४ करोड, दुई खर्ब लगानी

काठमाडौं – जीवन बिमा सेवा प्रदायक कम्पनीको चुक्ता पुँजी ३० अर्ब ८३ करोड ७० लाख रुपैयाँ पुगेको छ। चालु आव ०७६/७७ को साउन मसान्तसम्म विभिन्न १९ जीवन बिमा कम्पनीले सोही अवधिमा दुई खर्ब १४ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ लगानी गरेको बिमा समितिले जनाएको छ।

जीवन बिमा कम्पनीको बजार हिस्सा बढ्दै गएकाले कम्पनीलाई आर्थिक रुपमा सबल बनाउन विस ०७५ असार मसान्तभित्र चुक्ता पुँजी वृद्धि गरी एक अर्ब रुपैयाँ पु-याउन निर्देशन दिएको थियो। जसअनुसार अधिकांश जीवन बिमा कम्पनीले चुक्ता पुँजी पु-याइसकेका छन्।

बाँकी रहेका संस्थामध्ये गुँरास लाइफ इन्स्योरेन्स, अमेरिकन लाइफ इन्स्योरेन्स र राष्ट्रिय बिमा संस्थान रहेका छन्। समितिका अनुसार गुँरास लाइफको चुक्ता पुँजी ९२ करोड ९४ लाख रुपैयाँ रहेको छ।

त्यसैगरी, विदेशी लगानीमा सञ्चालन भएको अमेरिकन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी शून्य रहेको छ। करिब दुई दशकअघि सञ्चालन भएको कम्पनी सञ्चालन गर्न अमेरिकी दुतावासले जमानी पत्र पठाई जीवन बिमा गर्न स्वीकृति लिएको थियो।

समितिका अनुसार सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बिमा संस्थानको १८ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ। कम्पनीलाई आव ०७५÷७६ सम्मको लेखा परीक्षण सम्पन्न गरी लाभांश वितरण गर्न समितिले निर्देशन दिए पनि आन्तरिक विवादका कारण लेखा परीक्षण सम्पन्न हुन सकेको छैन।

जीवन बिमा कम्पनीलाई एक अर्ब रुपैयाँ चुक्ता पुँजी पु-याउन निर्देशन दिए पनि केही कम्पनीको तीन–चार गुणा बढी छ। समितिका अनुसार चालु आवको साउन मसान्तसम्म सबैभन्दा बढी चुक्ता पुँजी नेपाल लाइफ इन्स्योरेन्सको पाँच अर्ब ४९ करोड ६१ लाख रुपैयाँ पुगेको छ। कम्पनीले हालसम्म ७५ अर्ब ४० करोड ५० लाख रुपैयाँ लगानी गरेको छ।

त्यसैगरी दोस्रो स्थानमा हरेको नेसनल लाइफ इन्स्योरेन्सको तीन अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको छ भने कम्पनीले हालसम्म २७ अर्ब ४२ करोड ६५ लाख रुपैयाँ लगानी गरेको छ।

तेस्रो स्थानमा रहेको एसिएन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी दुई अर्ब रुपैैयाँ रहेको छ। हालसम्म १६ अर्ब ७२ करोड ७१ लाख रुपैयाँ लगानी गरेको कम्पनीले जनाएको छ।

समितिका अनुसार प्राइम लाइफ इन्स्योरेन्स एक अर्ब ७८ करोड ४८ लाख रुपैयाँ पु-याई चौथौ स्थानमा रहेको छ। कम्नपीले हालसम्म ११ अर्ब सात करोड ४१ लख रुपैयाँ लगानी गरेको छ।

त्यसैगरी, पाँचौं स्थानमा रहेको सिटिजन्स लाइफ इन्स्योरेन्स एक अर्ब ७५ करोड चुक्ता पुँजी रहेको छ भने दुई अर्ब ८६ करोड तीन लाख रुपैयाँ लगानी गरेको छ।

छैटौं स्थानमा रहेको ज्योती लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ५४ करोड रहेको छ। कम्पनीले हालसम्म दुई अर्ब ४६ करोड ८८ लाख रुपैयाँ लगानी गरेको छ।

आठौं स्थानमा रहेको युनियन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँ रहेको छ। कम्पनीले हालसम्म तीन अर्ब ५१ करोड ८८ लाख रुपैयाँ लगानी गरेको छ।

त्यसैगरी, नवौं स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पाेरेसन (नेपाल) एक अर्ब ४९ करोड ४८ लाख रुपैयाँ रहेको छ भने कम्पनीले हालसम्म ७५ अर्ब ४० करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

रिलायन्स लाइफ इन्स्योरेन्स एक अर्ब ४७ करोड रुपैयाँ पु-याई दशौं स्थानमा रहेको छ। कम्पनीले हालसम्म एक अर्ब ९० करोड ७ लाख रुपैयाँ लगानी गरेको जनाएको छ  
हाल मुलुकभरी १९ वटा जीवन बिमा कम्पनी सञ्चालनमा छन्।

प्रकाशित: १३ आश्विन २०७६ ०१:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App