coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेपाल चिनाउने वेबसाइट

नेपाल पर्यटन बोर्डले सञ्चालनमा ल्याएको फोटोनेपाल डट ट्राभल नामक वेबसाइड उद्घाटन गरिँदै। तस्बिरः केशब थोकर/नागरिक

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालबारे पर्याप्त जानकारी दिने डिजिटल माध्यमको आवश्यकता बढेको जनाएका छन्।

नेपाल पर्यटन बोर्डले सञ्चालनमा ल्याएको फोटोनेपाल डट ट्राभल नामक वेबसाइट उद्घाटनमा उनले आधुनिक डिजिटल युगको विकाससँगै नेपाल चिनाउन प्रविधिको उच्चतम विकास आवश्यक रहेको बताए।

उक्त वेबसाइटमा नेपाल चिनाउने विभिन्न ठाउँ, संस्कृति र फोटो अपलोड गरी नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनले बताए। पर्यटन वर्षको अवसरमा सञ्चालनमा आउने यस्ता वेबसाइटले करोडौं फलोअर्स पाउने उनको भनाइ छ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोेशीले उक्त वेबसाइट फोटोग्राफरको लागि पनि उत्कृष्ट प्लेटफर्म साबित हुने बताए।

नेपालका विविध फोटोहरू खोज्न र वेबसाइटमा भएको सर्च फिचरको प्रयोगबाट आफूलाई चाहेको फोटो खोज्न सकिने उनले बताए। वेबसाइटमा रहेका फोटोलाई समाजिक सञ्जालमा सेयर गर्न सकिने र प्रयोगकर्ताको कपी राइटलाई पनि सुरक्षित बनाइएको बोर्डद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। नेपालका विषय वस्तुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न र विभिन्न समयमा आयोजना गर्ने प्रतिस्पर्धात्मक कार्यक्रममा भाग लिन सकिने बताइएको छ।

प्रकाशित: २५ भाद्र २०७६ ०३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App