७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

'साना उद्योगीको उत्पादनको मार्केटिङमा सघाउँछौं'

भारतका लागि नियुक्त पर्यटनदूत निता पोखरेल (बायाँ) तथा चीनको बेइजिङ तथा ग्वाङझाउका लागि नियुक्त महावाणिज्यदूत छविन्द्र पराजुलीलाई स्वागत गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारी। तस्बिर : नागरिक

काठमाडौं – विभिन्न देशका लागि नवनियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरुले लघु, घरेलु तथा साना उद्योगले उत्पादन गरेका वस्तुको अन्तर्राष्ट्रिय मार्केटिङमा सघाउने प्रतिबद्घता व्यक्त गरेका छन्। उनीहरुले स्थानीय स्तरमा उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्घन गर्न सघाउने बताए।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र नवनियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरुसँगको स्वागत तथा भेटघाटमा उनीहरुले आफूहरुले काम गर्ने मुलुकमा साना उद्योगीका नेपाली उत्पादन र वस्तुको बजारीकरणमा सघाउने बताएका हुन्।

नेपालको प्रतिनिधित्व गर्दै नेपाल सरकारले चीनको बेइजिङ तथा ग्वाङझाउका लागि नियुक्त  महावाणिज्यदूत छविन्द्र पराजुलीले समृद्घ नेपाल र सुखी नेपाली अभियानलाई सफल बनाउन मुलुकमा रहेका साना उद्योगको योगदानलाई बिर्सन नहुने बताए। आफूहरु लघु, घरेलु तथा साना उद्योगीकै प्रतिनिधि भएर कार्यक्षेत्रमा खटिने भन्दै उनले यस्ता उद्योगको उत्पादकत्व र क्षमता बढाउनुपर्नेमा जोड दिए।

भारतका लागि नवनियुक्त पर्यटनदूत निता पोखरेलले झन्डै ७० प्रतिशत निर्यातको हिस्सा ओगट्ने घरेलु उद्योगको उत्पादनलाई विश्व बजारमा प्रचारप्रसार गर्ने आफूहरुको प्रमुख जिम्मेवारी रहेको बताइन्।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नवनियुक्त महावाणिज्यदूत र पर्यटन दूतलाई स्वागत गर्दै ती दुई देशमा नेपालको निर्यात व्यापार वृद्धि गर्न, त्यहाँका बढीभन्दा बढी पर्यटक नेपाल भिœयाउन र नेपालमा रहेका घरेलु तथा साना उद्योगलाई आवश्यक उन्नत प्रविधि भिœयाउन विशेष पहल हुने अपेक्षा गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे।

मुलुकमा चुलिँदै गएको व्यापार घाटा कम गर्न आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उत्पादनमूलक उद्यम, व्यवसाय प्रवद्र्धन गर्नुपर्ने मुख्य चुनौती रहेको भन्दै यस्तो चुनौतीको सामना गर्न लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धन गर्न आवश्यक भएकामा उनले जोड दिए। यस्ता उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरणका लागि नेपालबाट प्रतिनिधित्व गरेर जाने महावाणिज्यदूत र पर्यटनदूतले आ–आफ्नो कार्यक्षेत्रमा आर्थिक कूटनीतिको भूमिका खेल्ने अपेक्षा उनले व्यक्त गरे।

प्रकाशित: २० भाद्र २०७६ ०३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App