काटमाडौं – नेपाल फोटो पत्रकार महासंघ र नेपाल मुद्रण उद्योग संघको आयोजनामा आजबाट काठमाडौंको टुँडिखेलमा दोस्रो प्रिन्टिङ, फोटोग्राफी एन्ड मिडिया टेक्नोलोजी एक्स्पो हुने भएको छ। आयोजकले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार तीन दिन चल्ने एक्स्पोको उद्देश्य नेपालका सञ्चार माध्यम र सञ्चार क्षेत्रसँग सम्बन्धित प्रविधिलाई प्रर्दशनीको माध्ययामबाट एउटै छातामुनि अवलोकन गर्न सकिने व्यवस्था मिलाउनु रहेको छ। नेपालमै पहिलो पटक नयाँ प्रविधियुक्त ह्यांगरभित्र अत्याधुनिी सञ्चार प्रविधिका साथै फोटोग्राफी र छापाखानासम्बन्धी नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको उक्त एक्स्पोमा १० भन्दा बढी मुलुकको सहभागिता रहने बताइएको छ।
प्रकाशित: २८ चैत्र २०७५ ०१:४७ बिहीबार