७ वैशाख २०८१ शुक्रबार
अर्थ

७७ परियोजनामा ३६ खर्बभन्दा बढी लगानी आउँदै

काठमाडौं – वैदेशिक लगानी भित्र्याउने उद्देश्यका साथ नेपालमा तेस्रो लगानी सम्मेलनको पूरा गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त सम्मेलनमा ६ सयभन्दा बढी लगानीकर्ता भित्र्याउने तयारी लगानी बोर्डले गरेको छ। बोर्डका अनुसार ४० देशका लगानीकर्ता आउने निश्चित छ। आज शुक्रबार र भोलि शनिबार हुने लगानी सम्मेलनलाई सरकारले आर्थिक समृद्धिको यात्राको प्रस्थान विन्दुका रुपमा लिएको छ।

सरकारले ३६ खर्बभन्दा बढीको ७७ परियोजनाको सोकेसमा ५० सार्वजनिक र १७ निजी क्षेत्रले तयार पारेर गर्न लागेको यो सम्मेलन नेपालमा लगानी भित्र्याउन कोसे ढुंगा सावित हुने सरकारले बताएको छ। क्षेत्रगत परियोजनाको खाका नै तयार पारेर गर्न लागिएको यो सम्मेलन अघिल्लो भन्दा फरक भएको बोर्डले बताएको छ। सम्मेलनमा परियोजनाको विविधता भएकाले लगानीकर्ताले आफ्नो इच्छाअनुसार लगानी गर्न पाउने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए। 

दुई दिनसम्म हुने तेस्रो लगानी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडालगायत आधा दर्जन मन्त्रीले सम्बोधन गर्ने कार्य तालिका रहेको छ। सम्मेलनमा नेपालकातर्फबाट उद्योग, पर्यटन, कृषि, यातायात जलविद्युत, पर्यटन, शिक्षा, स्वास्थ्य तथा सहरी विकासमा लागनी भित्र्याउने तयारी सरकारले गरेको छ । सरकारले विदेशी लगानीकर्ता सहित डेढ दर्जन लगानीकर्ताको सहभागिता रह्ने भएको छ । 

दुई दिनसम्म हुने तेस्रो लगानी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडालगायत आधा दर्जन मन्त्रीले सम्बोधन गर्ने कार्य तालिका छ ।

विकास साझेदार(विश्व बैंक तथा एशियाली विकास बैंक) सहित विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण सहज र नेपालमा लगानीका प्रर्याप्त क्षेत्र रहेकोले लगानी गर्न समेत आग्रह गर्नेछन्। गैरआवसीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, वर्तमान अध्यक्ष भवन भट्ट पनि प्रमुख वक्ताका रुपमा रहेका छन् । 

सम्मेलनमा डेढ दर्जन नेपाली उद्योगी र व्यवसायीले सम्बोधन गर्ने कार्यक्रम छ । लगानी बोर्डका अनुसार नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा,  वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष सुरज वैद्य, प्रदिपकुमार श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम छ।

बैंकका तर्फबाट चौधरी ग्रूपका अध्यक्ष विनोद चौधरी, गोल्यान ग्रूपका अध्यक्ष पवनकुमार गोल्यान, ज्योति ग्रूपका अध्यक्ष पद्म ज्योति, द्वारिकाज ग्रूपकी संगिता श्रेष्ठ, मेगा बैंककी प्रमुख कार्यकारी अघिकृत अनुपमा खुञ्जालील, साझा यातायात पब्लिक ट्रान्सपोटेशनका अध्यक्ष कनकमणी दिक्षितले पनि कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पूर्वाधार विकास बैंकका अध्यक्ष अनुज अग्रवाल, हाइड्रो सोलुसनका प्रवन्ध निर्देशक ज्ञानेन्द्रलाल प्रधानले पनि सम्मेलनमा सम्बोधन गर्नेछन्। 

पूर्व अअर्थ मन्त्री डा. रामशरण महतले देशमा स्थायी सरकार भएकाले लागनी अहिले गर्न लागिएको लगानी सम्मेलन राम्रो भएपनि लगानीका लागि पूर्वाधार तयार नभएको बताए । ‘लगानीकर्ताले मुनाफा बढी आउने क्षेत्रमा लगानी गर्ने हो,’ उनले भने ‘ यसका लागि पहिलो शर्त पूर्वाधार हो ।’ ऐन कानुन एउटा पाटो हो, अन्य धेरै यस्ता पक्षले लगानी भित्र्याउन भुमिका खेलिरहेको हुन्छ।’ 

लगानी सम्मेलनमा भाग लिनका लागि दुई सयभन्दा बढी चिनियाँ सहभागी हुनेछन्।

लगानी बोर्डका पूर्व सीईओ राधेश पन्तले नेपालमा लगानीको अवसर भएकाले विदेशी लगानीकर्ता लगानीको आकर्षणको केन्द्र बन्न सक्ने बताए । लागनी गर्ने वातावरण पनि बन्दैछ, तर पूर्वाधारमा भने सरकारको ध्यान केन्द्रित हुनुपर्छ।

लगानी सम्मेलनमा भाग लिनका लागि दुई सयभन्दा बढी चिनियाँ सहभागी हुनेछन्। सम्मेलनमा भारतबाट एक सय १० र नेपालबाट ४९ लगानीकर्ता सहभागी हुने बोर्डले जनाएको छ। ४१ जना हङकङबाट, २८ जना म्यानमारबाट, २० जना जापानबाट, १५ जना दक्षिण कोरियाबाट लगानी सम्मेलनमा सहभागी हुन नाम दर्ता गराएका छन्। यस्तै, ओमन र यूएईबाट १३/१३ जना तथा अमेरिकाबाट ११ र श्रीलंकाबाट १० जना आउने भएको छ। यीबाहेक अन्य देशबाट सम्मेलनमा भाग लिन आउने भएका छन्। 

यसअघि २०७३ मा आयोजित लगानी सम्मेलनमा २ सय ५७ विदेशीलगानीकर्ता सहित ५ सय भन्दा बढीको सभागिता थियो । सम्मेलनमा सहभागी लगानीकर्ताले १३ खर्ब ७४ अर्ब लागनी गर्ने इच्छा जाहेर गरेका थिए।  त्यति बेला भएको प्रतिवद्धताको करिब २५ प्रतिशत लगानी नेपाल ल्याउने करिब अन्तिम चरणमा पुगेको छ। 

देशमा प्रजातन्त्रको पुनः उदय भएपछि २०४८ सालमा पहिलो लगानी सम्मेलन भएको थियो। त्यतिबेला देशमा प्रजान्तन्त्र आएको र खुला अर्थतन्त्रको नीति लिएको सन्देश दिन उक्त सम्मेलन गरिएको थियो भने २०७३ को सम्मेलन देशमा नयाँ संविधान आएको भूकम्पका कारण नेपाली अर्थतन्त्र स्वस्त भएकोले यसलाई उकास्ने हेतुका साथ उक्त सम्मेलन गरिएका थियो। 

लगानी सम्मेलनलाई लक्षित गर्दै फाष्ट ट्रयाकबाट ऐन

विदेशी लगानीकर्ता लक्षित सरकारले तीन कानुनमा लालमोहर लगाएको छ। अघिल्ला सम्मेलनमा ऐन कानुन पनि लगानीका लागि बाधक बनेपछि सरकारले फाष्ट ट्रयाकमार्फत उक्त कानुन ल्याएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ ३ वटा कानुनमा लालमोहर लगाएकी हुन्।

संसदको दुबै सदनबाट पारित भएका ऐनहरु राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्ने व्यवस्था रहेको छ।

सरकारले लगानी सम्मेलनका लागि भन्दै सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५, विशेष आर्थिक क्षेत्र ऐन, २०७३ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ छोटो बाटोबाट ल्याएको थियो। 

 

प्रकाशित: १५ चैत्र २०७५ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App