८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

२० अर्बको पूर्वाधार विकास बैंकले पायो संचालन अनुमति

काठमाडौं– पूर्वाधार विकास बैंकले संचालन अनुमति पाएको छ। राष्ट्र बैंकको बिहीबार बसेको संचालक समिति बैठकले यस्तो अनुमति दिएको डेपुटि गर्भनर चिन्तामणि शर्माले बताए। 

ठूला पूर्वाधारमा लगानी गर्ने गरी स्थापना गर्न थालिएको उक्त बैंकक चुक्ता पुजीँ २० अर्ब रुपैयाँ रहेको छ। गत आर्थिक वर्षमा सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत पूर्वाधार विकास बैंक स्थापना गर्ने उल्लेख गरिएको थियो। चालु आबको बजेटले २०७६ को असार मसान्तभित्रै पूर्वाधार विकास बैंक स्थापना गर्ने प्रतिबद्धता जनाएको थियो।

नेपाल सरकारको १० प्रतिशत लगानी भएको उक्त बैंकमा ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्व–साधारणको लगानी रहनेछ। बैंकमा ५० प्रतिशत निजी क्षेत्रको लगानी हुनेछ।

संस्थापक समूहमा विभिन्न बैंक तथा बिमा कम्पनीहरु लगायत उद्योगी व्यापारीहरु छन्। विदेशी बैंक तथा वित्तिय संस्थाहरुलाई समेत लगानी गर्न अनुकुल हुने गरी बैंक स्थापना गर्न थालिएको हो। बैंकमा नेपाल सरकार सहित सात जनाको संचालक समिति हुनेछ। बैंकको अध्यक्षमा पूर्व मुख्यसचिव डा. विमल कोइराला रहेका छन्।

प्रकाशित: २४ माघ २०७५ ११:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App