२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

निर्धन उत्थानको उन्नत बाख्रापालन तालिम

काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफना २५ जना ग्राहक तथा अविभावकको सहभागितामा प्युठान जिल्लाको जलुकेमा हालै व्यावसायिक उन्नत बाख्रापालन तालिम दिएको जनाएको छ। संस्थाको भैरहवा क्षेत्रीय कार्यालयका प्रमुख शम्भु न्यौपाने एक परिवारमा एकजना उद्यमी बनाउन संस्थाले पहल गर्दै आएको जानकारी गराए।

साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइरहेको यस संस्थाबाट कर्जा लिई व्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत क्षेत्रीय प्रमुख न्यौपानेले बताए। प्रमुख अतिथि स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोका रहेको उक्त कार्यक्रममा बाबुराम न्यौपाने, द्रोणप्रसाद पोख्रेल, नेत्रबहादुर केसी, शम्भु न्यौपाने, रेशमलाल तिवारीले प्रशिक्षण दिएका थिए।

प्रकाशित: ६ मंसिर २०७५ ०३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App