खोटाङ – माछापुच्छ्रे बैंकले खोटाङको च्यास्मीटारमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले उक्त सेवा उद्घाटन गरेका हुन्। यससँगै मुलुकभर माछापुच्छ«े बैंकको शाखारहित बैंकिङ एकाइको संख्या ३४ पुगेको बैंकका विकास श्रेष्ठले बताए।
बैंकले आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा र हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा शाखारहित बैंकिङ एकाइ सुरु गरेको थियो। स्थानीय तहमा हुने आर्थिक कारोबारलाई ध्यानमा राखेर शाखारहित सेवा विस्तार गरिएको बैंकले जनाएको छ। शाखा रहित बैंकिङ एकाइबाट प्रतिखाता सञ्चालकले एकपटकमा एक लाखसम्म रकम निकाल्न पाउने र बढीमा दुई लाखसम्म जम्मा गर्न पाउने शाखारहित बैंकका प्रमुख श्रेष्ठले बताए।
प्रकाशित: २३ आश्विन २०७५ ०५:१८ मंगलबार