२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

‘यामाहा एक्सचेन्ज एन्ड अपग्रेड’ अभियान सुरु

काठमाडौं – नेपालमा सबैभन्दा बढी रुचाइएको मोटरसाइकल ब्रान्डमध्ये एक यामाहाले ग्राहकका लागि साताव्यापी ‘एक्सचेन्ज एन्ड अपग्रेड’ अभियान सुरु गरेको छ। यो अभियानअन्तर्गत यामाहा ब्रान्डको मोटरसाइकल वा स्कुटरसँग कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्दा सर्वोत्कृष्ट मूल्यांकन पाइनेछ । यामाहाको यो ग्राहक–केन्द्रित अभियान नेपालभरका यामाहा सोरुममा १४ देखि १९ असोजसम्म सञ्चालन हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

‘अहिलेको समय पुराना मोटरसाइकल वा स्कुटर साटेर प्राविधिक रुपमा अत्याधुनिक यामाहामा अपग्रेड हुने सबैभन्दा उत्तम समय हो,’ एमएडब्लु इन्टरप्राइजेज, टु–ह्विलर डिभिजनका सिइओ चिरञ्जीवी शाहले भने, ‘यो अवधिमा ग्राहकले जुनसुकै ब्रान्डका पुरानो मोटरसाइकलको सबैभन्दा उच्चतम मूल्यांकन पाउनुहुनेछ । साथै, जुनसुकै ब्रान्डका जस्तोसुकै अवस्थाका मोटरसाइकलको कम्तीमा ३० हजार रुपैयाँ मूल्यांकन पाउनुहुनेछ।’

भर्खरै यामाहाले दसैं र तिहारलाई लक्ष्य गरी ‘विजय यात्रा’ नामको योजना ल्याएको थियो जसमा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले कम्तीमा सात हजारदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । त्यसैगरी, हरेक हप्ता हुने लकी ड्रमा एकजनाले ब्रान्ड न्यु यामाहा आर३ जित्न सक्ने कम्पनीले जनाएको । लक्की ड्रको प्रत्यक्ष प्रसारण एभिन्युज टेलिभिजन र यामाहा नेपालको फेसबुक पेजमा हरेक सोमबार बेलुका ७ बजेर ५५ मिनेटमा हुने कम्पनीको भनाइ छ।

देसैंकै अवसरमा यामाहाले हरेक मोटरसाइकल वा स्कुटरको टेस्ट राइडमा सप्राइज गिफ्ट प्रदान गर्दै आएको छ भने यामाहा स्कुटर वा सलुटो बाइक २० प्रतिशत डाउन पेमेन्टमा समेत उपलब्ध गराउँदै आएको छ।

यामाहाका मोटरसाइकल र स्कुटरमा प्याटेन्टेड ‘ब्लु कोर’ प्रविधि रहेको इन्जिन छन् । यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ । यसले पर्फर्मेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकमा माइलेज बढी पाइने गरेको कम्पनीको दाबी छ।

प्रकाशित: १६ आश्विन २०७५ ०५:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App