१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपाल बैंकका तीन शाखा

काठमाडौं – नेपाल बैंक लिमिटेडले डोल्पाको जगदुल्ला, रोल्पाको लुंग्री र ताप्लेजुङको सिरिजंघामा शाखा खोलेको छ। सरकारको वित्तीय पहुँच र समावेशी नीतिमा सघाउने उद्देश्यले दुर्गमदेखि सुगमसम्म शाखा विस्तारमा जोड दिँदै आएको बैंकले जनाएको छ । चालु आर्थिक वर्षमा २८ वटा शाखा थप्ने योजनाअनुरुप यी शाखा खोलेको बैंकका प्रेस संयोजक मुकुन्द अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाल बैंकले गत असारसम्मा ९९ अर्ब ८३ करोड निक्षेप संकलन गरी ७९ अर्ब ६३ करोड कर्जा प्रवाह गरेको जनाएको छ। यसले देशका ५६ जिल्लामा एक सय ४३ शाखा, ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेटबाट १४ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष बैकिङ सेवा दिइरहेको जनाएको छ।

प्रकाशित: ५ आश्विन २०७५ ०५:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App