६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

चाडपर्वमा बजाज आरईसँग खुसियाली

काठमाडौं – बजाज थ्री ह्विलर्सको आधिकारिक वितरक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिले दसैं, तिहार र छठलाई लक्ष्य गरी ‘बजाज आरईसँग खुसियाली’ योजना सार्वजनिक गरेको छ। उक्त योजनाअन्तर्गत बजाज आरईका ग्राहकले हिमस्टारको ३२ इन्च टेलिभिजन निःशुल्क प्राप्त गर्ने र परिवारसँग मिलेर खुसीसाथ पर्व मनाउनेछन् भन्ने सन्देश दिइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘नेपालीहरुले मनाउने ठूला पर्व आउँदैछन् । यस्ता चाडपर्वले मानिसमा उत्साह, उमंग तथा आशा लिएर आएको हुन्छ,’ कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘यो समय भनेको रमाइलो गर्ने र खुसी खोज्ने हो। हामीले सबै ग्राहकमाझ खुसी ल्याउने योजना ल्याएका हौं ।’ ग्राहकलाई रमाइलो क्षणमा उत्कृष्ट उत्पादनका साथ विशेष योजना प्रदान गरिएको उनले बताए । यो योजनाले ग्राहकका परिवारमासमेत पर्वको उत्साह छाउने कम्पनीको विश्वास छ ।

प्रकाशित: २१ भाद्र २०७५ ०६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App