काठमाडौं – नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक र नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) बीच तालिम सञ्चालनसम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा एनसिसीका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार एनबिआईले एनसिसी बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउने छ।
प्रकाशित: १३ भाद्र २०७५ ०४:४७ बुधबार