२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

कैलाश विकास बैंकद्वारा वृक्षरोपण

स्याङजा – कैलाश विकास बैंकले जिल्लाको पुतलीबजार नगरपालिकास्थित श्री पाणिनी आश्रम (गुरुकुल) मा वृक्षरोपण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत वृक्षरोपण गरेको जनाएको छ। 

आश्रममा गत शनिबार आयोजित कार्यक्रममा पुतलीबजार नगरपालिका–१४ का वडाध्यक्ष शेषराज ढकाल, बैंकका निक्षेप व्यवस्थापन विभाग प्रमुख सुशीला श्रेष्ठ र जिल्ला वन कार्यालयका प्रतिनिधि अमर पराजुलीले वृक्षरोपणको शुभारम्भ गरेका थिए ।

आश्रम परिसरमा चाप, कपुर, लप्सी, कल्की फूल, धुपी, रुद्राक्ष, डुम्री, खयरलगायत तीन सय बिरुवा रोपिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: ६ भाद्र २०७५ ०३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App