१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

उपत्यकामा आँप उत्सव

क्याप्शन

नेपालको आँपको बजारीकरण र प्रवर्द्धनका लागि तीन दिने नेपाल म्याङ्गो फेस्ट– २०२५ हुँदै छ। फेस्टिभलमा नेपाली स्वाद, रङ र आँप संस्कृतिको अनुपम सङ्गम अनुभव गर्न सकिने आयोजकले जनाएको छ।  

तराई मधेसमा उत्पादन गरिएका नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवर्द्धन गर्नका लागि आयोजित यो विशेष उत्सवको औपचारिक उद्घाटन कार्यक्रम यही असार १३ गते (जुन २७) दिउँसो १ बजे हुँदै छ।  

वालनट बिस्ट्रो, लाजिम्पाट, काठमाडौंमा आयोजना हुने उद्घाटन समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुने छन्।

यस उत्सवको आयोजना काठमाडौं अर्गानिक्स, एग्रि नेपाल, अर्थियर एप र यूबी होल्डिड्स को सहकार्यमा गरिएको हो।

फेस्टिभलको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकहरूको मूल्य शृङ्खला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको बताइएको छ ।  

के छन् कार्यक्रमका आकर्षण? उत्सवमा १० भन्दा बढी प्रजातिका आँपहरू प्रदर्शनीमा रहने छन्। त्यस्तै ५ (माल्दा, दशहरी, जरदा, किसानबोग, कलकत्तिया) भन्दा बढी प्रजातिका आँपहरू प्रत्यक्ष किसानबाट किनमेल गर्न मिल्ने र २० भन्दा बढी आँप समावेश गरिएका परिकारहरू र पेय पदार्थहरू उपलब्ध हुने छ। यसमा सबै उमेरका सहभागीका लागि रमाइला म्याङ्गो गेमहरू र इन्गेजिङ गतिविधिहरू रहने छन्।  

तीन दिनसम्म चल्ने म्याङ्गो फेस्टिभल लाजिम्पाटको वाल्नट बिस्ट्रो, स्वयम्भूको एचटुओ क्याफे र झम्सिखेलको वाटरिङ होलमा हुनेछ। यी तीनवटै रेस्टुरेन्टहरूले विशेष म्याङ्गो मेनुहरू र रेसिपीहरू प्रस्तुत गर्दै फेस्टिभललाई भव्य बनाउने तयारी गरेका छन्।

प्रकाशित: १२ असार २०८२ १२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App