सुनसरीको सोनापुरस्थित एशियन थाइफुडले आफ्ना उत्पादनहरू विश्वभरका ३२ देशमा निर्यात गरिरहेको जनाएको छ। रमपम इडियु भिजिट कार्यक्रम अन्तर्गत मोरङको सुन्दरहरैंचास्थित हरैंचा मोडल सेकेन्डरी इङलिस स्कुलका विद्यार्थीको उद्योग भ्रमणका क्रममा उद्योगका उत्पादनहरू संसारका ३२ देशमा निर्यात भइरहेको जानकारी दिइएको हो।
उद्योगका निर्देशक महेश जाजुले नेपालका गाउँघरदेखि एशिया, युरोप र अमेरिकालगायतका विभिन्न ३२ देशमा उद्योगका उत्पादन निर्यात भइरहेको बताए। उनले आगामी दिनमा पनि विद्यार्थीहरूलाई उद्योग भ्रमणका कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाए।
उद्योगका निर्देशक आनन्द जाजुले शैक्षिक भ्रमणले विद्यार्थीहरूमा औद्योगिक ज्ञानको अभिवृद्धि गर्नुका साथै देशमै उपलब्ध रोजगारी र उद्यमशीलताको सम्भावना पहिचान गर्न प्रेरणा दिएको धारणा राखे। उद्योगले प्रत्यक्ष रूपमा १ हजार ५ सय जनालाई रोजगारी दिएको र अप्रत्यक्ष रूपमा १० हजार बढीलाई रोजगारी दिएको जनाएको छ।
भ्रमणमा विद्यालयका ७० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
प्रकाशित: ७ असार २०८२ २१:४४ शनिबार