२७ असार २०८२ शुक्रबार
image/svg+xml
अर्थ

यस्तो देखियो ग्वार्कोमा नवनिर्मित ओभरपास (तस्बिरहरू)

तस्बिर: विजय राई/नागरिक

ललितपुरको ग्वार्कोमा निर्माण सम्पन्न भएको ओभरपास भोलि (शुक्रबार) देखि सर्वसाधारणका लागि खुला हुने भएको छ।

चक्रपथको सवारी चाप व्यवस्थापनमा महत्त्वपूर्ण मानिएको यो ओभरपासको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार प्रधानमन्त्रीले उद्घाटन गरेलगत्तै ओभरपासमा सवारी आवागमन सुरु हुनेछ।

गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र सडक विभागको टोलीले स्थलगत निरीक्षण गरी अन्तिम तयारी पूरा गर्न र सवारी सञ्चालनका लागि तयार रहन निर्माण कम्पनीलाई निर्देशन दिएको थियो।

२०७८ फागुन १२ गते ठेक्का सम्झौता भएको यो आयोजना सम्पन्न हुन करिब साढे दुई वर्ष लागेको छ। गत जेठ ८ गतेदेखि कालोपत्रको काम थालिएको ओभरपासमा हाल लेन सेपरेटर राख्ने, लाइनिङ गर्ने लगायतका सम्पूर्ण काम सकिएर सञ्चालनका लागि तयार भएको सडक विभागले जनाएको छ।

हेराैं तस्बिरहरु। सबै तस्बिर: विजय राई/नागरिक

प्रकाशित: ५ असार २०८२ २०:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App