३२ असार २०८२ बुधबार
image/svg+xml
अर्थ

कटहरियाले ल्यायो ५४ करोडको बजेट

रौतहटको कटहरिया नगरपालिकाले ५४ करोडभन्दा बढीको बजेट ल्याएको छ। आर्थिक वर्ष २०८२/८३ का लागि नगरसभाले ५४ करोड २५ लाख ५२ हजार ४७५ रुपैयाँको बजेट ल्याएको हो।  

कटहरिया नगरपालिकाका नगर प्रमुख अजयप्रकाशले मङ्गलवारको नगरसभामा चालू आर्थिक वर्षको बजेटको समीक्षा साथै आगामी आ.व.को नीति तथा कार्यक्रम र आय-व्यय विवरण प्रस्तुत गरे।  

नगरपालिकाले आगामी आर्थिक वर्षमा ४ करोड रुपैयाँ आन्तरिक आय अनुमान गरेको छ। नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान १० करोड ९९ लाख, सशर्त अनुदान २० करोड ३२ लाख ५० हजार ९७२, राजस्व बाँडफाँडबाट १० करोड २८ लाख ६१ हजार ३७१, प्रदेश सरकारबाट वित्तीय समानीकरणबाट ७५ लाख ६५ हजार अनुमान गरिएकाे छ।

त्यस्तै, राजस्व बाँडफाँडबाट ६१ लाख ७४ हजार ८९०, स्थानीय राजस्व बाँडफाँडबाट ७ करोड २८ लाख २४२ रुपैयाँ गरी नगरपालिकाको कुल आम्दानी ५४ करोड २५ लाख ५२ हजार ४७५ रुपैयाँ हुने नगर प्रमुख अजयप्रकाशले नगरसभामा अनुमान पेश गरेका हुन्।

यसैगरी नगरपालिकाको कुल चालू खर्च ३९ करोड ४६ लाख २६ हजार १०४ रुपैयाँ, पुँजीगत खर्च १४ करोड ७९ लाख २६ हजार ३७१ रुपैयाँ हुने अनुमान नगर प्रमुखले नगरसभामा पेश गरे।

नगरपालिकाको बजेट सन्तुलित भएको र यथार्थमा आधारित नीति तथा कार्यक्रम र बजेट आएकोले आगामी आर्थिक वर्षमा कटहरिया नगरपालिकाले राम्रो प्रगति गर्ने विश्वास रहेको लेखाप्रमुख कामेश्वर सहनीले बताए।

प्रकाशित: ४ असार २०८२ ०९:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App