२४ असार २०८२ मंगलबार
image/svg+xml
अर्थ

तनहुँमा निर्माण भइरहेका जलविद्युत परियोजनाबारे राष्ट्रपतिको चासो

राष्ट्रपति रामचन्द्र पौडेलले उर्जा, जलस्रोत  तथा सिंचाई मन्त्री दिपक खड्कासँग जल विद्युत आयोजनाको प्रगतिबारे जानकारी लिएका छन् ।    

मन्त्री खड्कालाई सोमबार शीतल निवासमा बोलाएर राष्ट्रपतिले आयोजनामा भइरहेको प्रगतिबारे जानकारी लिएका हुन् । पौडेलले १ सय ४० मेघावाटको जलाशययुक्त तनहुँ हाइड्रो परियोजनाको निर्माणको प्रगति विवरणको जानकारी लिँदै समय मैं सम्पन्न गर्न ध्यानाकर्षण गराएको स्वकीय सचिवालयले जनाएको छ ।  

यस्तै राष्ट्रपति पौडेलले तनहुँ हाइड्रोसँगै जोडिएको १ सय २६ मेघावाटको तल्लों सेती परियोजनाको यथाशीघ्र कार्यान्वनका लागि मन्त्री खड्कालाई निर्देशन दिए । राष्ट्रपति पौडेलले जलविद्युत परियोजनाहरूको योजनाबद्ध विकासबारे पनि मन्त्री खड्कासँग चासो राखेका थिए । 

प्रकाशित: २ असार २०८२ १७:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App