२४ असार २०८२ मंगलबार
image/svg+xml
अर्थ

बागमती प्रदेशको बजेट भाषण राति नौ बजे हुने

बागमती प्रदेशको बजेट भाषण राति नौ बजे हुने भएको छ । 

आज अपराह्न ३ बजे प्रस्तुत गरिने भनिएको बजेट भाषण सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)को विवादका कारण अन्योलमा परेको थियो । अहिले सहमति भएपछि राति नौ बजे सदन बैठक बस्ने तयारी भएको वागमती प्रदेशका वनमन्त्री कृष्ण सिलवालले जानकारी दिए ।  

'क्याविनेटको बैठक सकिन लागेको छ । मुख्यमन्त्रीसँग म छु । ९ बजे सदन सञ्चालन गर्ने भनेर मुख्यमन्त्रीले भन्नुभएको छु,' उनले भने। उनका अनुसार बागमतीको प्रदेशको बजेट ६८ अर्ब हाराहारीको आउने छ ।  

अपराह्न ३ बजे बस्न नसकेपछि साँझ ६ः३० बजेका लागि बैठक सारिएपनि सत्तारुढ प्रमुख दुई दलबीच विवाद भएपछि अन्योलमा परेको थियो । 

प्रकाशित: १ असार २०८२ १९:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App