२४ असार २०८२ मंगलबार
image/svg+xml
अर्थ

आम्दानीका बहुआयामिक स्रोतको पहिचान गर्दै आहालेका महिला

व्यवसायिक खेतीसँगै विकासले फड्को मार्दै गएको सिन्धुलीको कमलामाई -५ आहाले गाउँ। तस्बिर: अनिल भण्डारी/नागरिक

कमलामाई नगरपालिका-५ आहालेकी सृजना तामाङ विषादी रहित तरकारी खेति प्रविधिमा जुटेकी छिन्।

घरायसी गाइबस्तुकै मलमुत्रबाट आवश्यक मल तथा विषादी उत्पादन गर्दै औषधिजन्य विषादी रहित खेती प्रणालीको खोजी गर्दै जैविक खेतीमा उनी लागेकी हुन्।

करेसाबारी खेती हुँदै उनी व्यवसायीक तरकारीसहित बहुआयामिक आम्दानीका स्रोतको पहिचान गर्न लागेकी छिन्।

आहाले सदरमुकाम नजिकै भएपनि ओझेल परेको स्थान हो। जनजातिको बाक्लो बस्ती रहेको आहाले विपन्नबाट विस्तारै आर्थिक सवलतातिर लाग्दै गएको गएको बस्तीका रुपमा परिचय बनाउँदै गएको हो।

पछिल्लो समय पक्की बाटोसँगै उत्पादित बस्तुहरुको विक्रिवितरण हुन थालेपछि आहालेका दर्जनौं महिला व्यवसायिक तरकारी खेती भैंसीपालन जस्ता कृषिजन्य उत्पादनमा लागेका छन्।

‘हामीले टनेलमार्फत मौसमी तथा बेमौसमी तरकारी खेती पनि गर्दै आएका छौं’, उनले भनिन्, ‘कृषि सिकाई केन्द्रकै रुपमा हामी विकसित हुँदै गएका छौं।’

उनले मौसमी तथा बेमौसमी तरकारी खेती सिक्न चाहनेका लागि तरकारी खेती गर्न सिकाउन आफूहरु सक्षम समेत भएको सुनाइन्। ‘तरकारी खेती देख्नमा सानो भएपनि घरायसी खर्चका लागि सहज हुने गर्छ, आम्दानी थोरै देखिए पनि निरन्तर आम्दानी गर्न सकिन्छ।’ उनले भनिन्, ‘आम्दानिका बहुआयामिक स्रोतहरुको पहिचान गरि त्यस तर्फ हामी महिलाहरु लागेका छौं।’

आहालेमा २८ जना महिलाहरु मिलेर समुह तथा सिकाई केन्द्रनै स्थापना गरेका छन्। नियमित बचत तथा कृषिजन्य खेती प्रणालीको विकास र आम्दानीका चर्चा समूहमा हुने गरेको महिलाहरु बताउँछन्।

‘हामी अर्गानिक पद्धतीद्वारा माटो सुधार गर्ने गर्छौं’, स्थानीय इन्द्रकान्ति तामाङले भनिन्, ‘गड्यौला मल, झोल मल, जैविक विषादीको निर्माण भकारो सुधार तथा गोठ सुधार गर्नुका साथै हाम्रो तरकारी बालिमा रसायनिक मल र कडा विषादी निकै कम प्रयोग गर्दै गएका छौं’, उनले भनिन्, ‘यसो गर्दा माटो राम्रो हुनुका साथै उत्पादनमा समेत बृद्धि हुन्छ।’

तरकारी व्यवसायिक तरकारी खेतीले महिलाहरुमा आर्थिक सवलता ल्याएको उनको बुझाई छ। ‘सानोतिनो खर्च गर्न आफैलाई आँट आउछ, आम्दानीको स्रोत देखिन्छ।’ उनले भनिन्, ‘हामी व्यवसायीक खेतीसँगै अन्य आम्दानीको स्रोतको पहिचान गरि काम गर्नुपर्ने रहेछ।’

तरकारी खेती सबैतिर पछिल्लो समय भइरहेकाले अन्य बहुआयामिक आम्दानीका स्रोतको पहिचान गरि काम गर्न सके महिलाहरु सक्षम बन्दै जाने उनको बुझाइ छ।

प्रकाशित: २२ जेष्ठ २०८२ १९:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App