तीन वटा सुरुङ मार्गै नागढुंगा, सिद्धबाबा र काठमाडौं-तराईं द्रुतमार्गमा पर्ने तीन वटा सुरुङ मार्ग निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ ।
यस्तै राष्ट्रिय गौरव र प्रमुख सडक आयोजनामा थप ८५० किलोमिटर सडक कालोपत्रे र १७१ सडक पुल निर्माण सम्पन्न गर्ने योजना सरकारले बनाएको छ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५२ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।
प्रकाशित: १५ जेष्ठ २०८२ १६:५१ बिहीबार





