१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

पाँच क्यासिनोबाट पौने दुई अर्ब रोयल्टी उठाउन बाँकी

सरकारले ५ वटा क्यासिनोबाट अझैँ पौने दुई अर्ब भन्दा बढी बक्यौता उठाउन बाँकी रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ। बुधबार सार्वजनिक महालेखाको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार ६ क्यासिनोबाट एक अर्ब ७८ करोड ५१ लाख ४९ हजार बक्यौता उठाउन बाँकी छ।  

‘वार्षिक रूपमा बुझाउनुपर्ने रोयल्टी नबुझाएका कारण गत वर्षसम्म ६ क्यासिनोको एक अर्ब ९५ करोड १६ लाख ४९ हजार बक्यौता रहेकोमध्ये यो वर्ष एक क्यासिनोको १६ करोड ६५ लाख असुल भई ५ क्यासिनोको एक अर्ब ७८ करोड ५१ लाख ४९ हजार बक्यौता रहेको छ,’ महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।  

यस्तै सो मध्ये २ क्यासिनो हाल सञ्चालनमा नरहेको र ३ क्यासिनो संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको निर्णयले खारेज भएकोमा सर्वोच्च अदालतको आदेशानुसार यो वर्ष नवीकरण दस्तुर बापत ६२ लाख ५० हजार र रोयल्टीबापत १२ करोड ३७ लाख ५० हजार प्राप्त भएकोले बाँकी बक्यौता हिसाब अद्यावधिक गरी असुल गर्न महालेखाले सुझाव दिएको छ।  

प्रकाशित: ३१ वैशाख २०८२ १७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App