१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

बेरुजु ७ खर्बको उकालो नाघ्यो, बर्सेनि बढेको बढ्यै

महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार अद्यावधिक बेरुजु ७ अर्बको उकालो चढेको छ। बुधवार सार्वजनिक प्रतिवेदनअनुसार हालसम्मको अद्यावधिक बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड पुगेको हो। 

जुन अघिल्लो वर्ष सार्वजनिक महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनभन्दा ६३ अर्ब ३३ करोड(९.४५ प्रतिशत) बढी हो। ६१ औँ प्रतिवेदनमा अद्यावधिक बेरुजु ६ खर्ब ६९ अर्ब ८६ करोड थियो। उक्त प्रतिवेदनअनुसार नयाँ बेरुजु ९५ अर्ब ६० करोड २१ लाख औँल्याइएको थियो। उक्त बेरुजुको अधिकांश हिस्सा फर्छ्यौट हुन नसकेपछि यस वर्षको अद्यावधिक बेरुजुमा थपिएको हो। 

बर्सेनि उकालो 

२०७५ मा सार्वजनिक भएको महालेखापरीक्षकको ५६ औँ वार्षिक प्रतिवेदनअनुसार अद्यावधिक बेरुजु तीन खर्ब ७७ अर्ब ४८ करोड थियो। जुन अघिल्लो वर्षको तुलनामा ९.९३ प्रतिशत बढेर कायम भएको थियो। 

त्यसपछि २०७७मा सार्वजनिक भएको ५७ औँ प्रतिवेदनमा थप १०.८२ प्रतिशतले बढेर चार खर्ब १८ अर्ब ३२ करोड पुगेको थियो। 

२०७८ मा सार्वजनिक भएको ५८ औँ प्रतिवेदनमा भने झिनो अंक(०.१३ प्रतिशत)ले मात्रै बढेर चार खर्ब १८ अर्ब ८५ करोड पुगेको देखिन्छ। 

फेरि २०७९ मा सार्वजनिक भएको ५९ औँ प्रतिवेदनमा भने एकै पटक १५.४६ प्रतिशतले बढेर अद्यावधिक बेरुजुको आकार चार खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख पुगेको थियो। 

०७९ मै सार्वजनिक ६० औँ प्रतिवेदनमा अद्यावधिक बेरुजु २१.४५ प्रतिशतले बढेको देखिन्छ। जसअनुसार एकै पटक ह्वात्तै बढेर पाँच खर्ब ८७ अर्ब ३३ करोड ९४ लाख पुगेको थियो।  

यस्तै ०८१ मा सार्वजनिक ६१ औँ प्रतिवेदनमा १४.०४ प्रतिशतले बढेर अद्यावधिक बेरुजु ६ खर्ब ६९ अर्ब नाघेको थियो। 

प्रकाशित: ३१ वैशाख २०८२ १७:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App