१५ माघ २०८२ बिहीबार
image/svg+xml
अर्थ

यसपटक अनुशासित र व्यवस्थित बजेट आउँछः अर्थमन्त्री पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले यसपटक स्रोतका सीमा र अनुभवका आधारमा अनुशासित र व्यवस्थित बजेट आउने बताएका छन्। बुधबार नागरिक फ्रन्टलाइन संवाद कार्यक्रममा अन्तर्वार्ता दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। संवादको पूर्ण भिडिओ सामग्री अहिले साँझ सात बजे नागरिकन्युजमा प्रशारण हुँदैछ।  

‘बजेट चाहिँ उपलब्ध परिस्थितीमा राम्रो बजेट आउँछ। अहिले हामीलाई परिस्थितीले केही सीमा निर्धारण गरिदिएको छ, स्रोतका सीमाहरु छन्। विगतका केही अनुभव पनि छन्,’ नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले भने, ‘यसैले सीमा र अनुभवका आधारमा उपलब्ध स्रोतको सही सदुपयोग गर्ने, सिमित स्रोतबाट अत्यधिक प्रतिफल सुनिश्चित गर्ने र नतिजामुखी ढंगले विनियोजन गर्न निर्देशित गरिएको छ।’  

यस्तै नेपालका आवश्यकतालाई प्राथमिकीकरण गर्न निर्देशित गरिएको पनि उनले बताए। उनले भने, ‘परिस्थितीको निर्देशलाई आत्मसात् गर्छौ र त्यसअनुसारको अनुशासित र व्यवस्थित बजेट निर्माण गर्छौँ भन्ने विश्वास दिलाउन चाहन्छु।’  

बजेटको सिलिङबारे भने अर्थमन्त्री पौडेल खुल्न चाहेनन्।

अर्थमन्त्री पौडेलसँगको पूरा अन्तर्वार्ता अहिले साँझ ७ बजे हाम्रो आधिकारिक फेसबुक पेज र यूट्युब च्यानलमा अपलोड हुनेछ । 

प्रकाशित: २४ वैशाख २०८२ १८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App