१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

नारायणगढमा हुन लागेको ‘घर बनाउने’ मेलाको तयारी पुरा

चितवनमा पहिलो पटक हुन लागेको ‘घर बनाउने’ मेलाको तयारी पूरा भएको छ । मेला एसवन होम्स र भी ग्रुपको आयोजनामा भोलि (बिहीबार) देखि नारायणगढमा हुन लागेको मेलाको तयारी पुरा भएको आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको हो ।

घरजग्गाको कारोबार तथा भवन निर्माण सम्बन्धी जानकारी दिने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । देशकै केन्द्र विन्दु र हरेक क्षेत्रमा सम्भावना बोकेको चितवनलाई लक्षित गरी मेला गर्न लागिएको संयोजक विपीन कँडेल जानकारी दिनुभयो । मेलामा अत्याधुनिक, बलियो, भूकम्प प्रतिरोधी, टिकाउ र सुन्दर घर बनाउनेबारे सम्पूर्ण जानकारी एकै ठाउँबाट लिन सकिनेछ ।

घर तथा बसोबास निर्माणलाई गुणस्तरीय तथा सहज बनाउन सरकारी निकाय र निजी क्षेत्रको सहकार्यमा चितवनमा पहिलो पटक घर बनाउने मेला आयोजना गर्न लागिएको उहाँको भनाई छ । घर बनाउन चाहिने आवश्यक सामाग्री, सरकारी मापदण्ड र सुरक्षासम्बन्धी विषयमा पनि जानकारी गराइनेछ । घर तथा भवन निर्माण गर्दा चाहिने सामाग्रीको जानकारीका साथै मेलामा घरजग्गा किनबेच गर्न खरिदकर्ता र बिक्रेताबिच प्रत्यक्ष भेटघाट गराइने संयोजक कँडेलले जानकारी दिए।

उद्योग वाणिज्य संघ चितवनको परिषरमा हुने मेलामा घरजग्गा, निर्माण सामाग्री लगायतका गरी हालसम्म ३० वटा स्टल बुकिङ भैसकेको उनले जानकारी दिए। तीन दिनसम्म चल्ने मेलामा १० हजारले अवलोकन गर्ने अपेक्षा राखिएको छ । मेलाले निर्माण कम्पनी, निर्माण सामाग्री उत्पादक, घरजग्गा व्यवसायी, इन्जिनियर, उपभोक्ता सर्वसाधारण विद्यार्थीहरूलाई फाइदा पुग्ने विश्वास राखिएको छ । मेलामा ८२ जना श्रमिकलाई सम्मान गरिने छ । उद्योग वाणिज्य संघ चितवन र भरतपुर महानगरपालिकाको समन्वयमा आयोजना हुने यस मेला उद्योग वाणिज्य संघ चितवनको परिषरमा हुन लागेको हो ।

प्रकाशित: २४ वैशाख २०८२ १७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App