१४ पुस २०८२ सोमबार
image/svg+xml
अर्थ

आयल निगमले इन्धन कारोबारमा १ खर्ब १२ अर्ब कर बुझायो

नेपाल आयल निगम लिमिटेडले एक वर्षमा इन्धन कारोबारबाट सरकारलाई एक खर्ब १२ अर्ब रुपैयाँ कर बुझाएको छ। वार्षिक करिब साढे ३ खर्ब रुपैयाँ बढीको इन्धन कारोबार गर्दा उक्त कर तिरेको हो।

निगमले एक वर्षमा करिब साढे ९ अर्ब रुपैयाँ मुनाफा कमाएको छ। आयल निगमले पूर्ण रूपमा स्वचालित मूल्य लागू भएपछि नाफामा गएको हो।

आयल निगमको ४३औँ साधारणसभाबाट पारित आर्थिक प्रतिवेदन अनुसार आव ०८०/८१ मा निगमले ३ खर्ब ६४ अर्ब ५२ करोड रुपैयाँको इन्धन बिक्री गर्दा नौ अर्ब ५५ करोड रुपैयाँ मुनाफा कमाएको निगमले जनाएको छ।

मुनाफा साढे ९ अर्ब रुपैयाँ कमाए पनि सञ्चित नाफा ४ अर्ब ८३ करोड रुपैयाँ रहेको आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए। साधारणसभाले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। निगमले गत आवमा ३ खर्ब ५६ अर्ब ७२ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ। निगमको चुक्तापुँजी ११ अर्ब रुपैयाँ रहेको छ।

प्रकाशित: ३० चैत्र २०८१ १२:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App