३० जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
अर्थ

संस्कृति जर्गेनाका लागि दैलेख सांस्कृतिक महोत्सव सुरु

<br>

कला, संस्कृति जर्गेना गर्दै दैलेखमा महोत्सव सुरु भएको छ । लोकतान्त्रिक चोक पुरानो बजारबाट सुरु भएको झाँकी महोत्सव स्थल काँडाचौरमा पुगेको थियो । लाखे नाच, टाकटुके नाच, तरबार नाच, पञ्चेबाजा लगायत लोप हुन लागेका संस्कृतिहरूको प्रदर्शनी गरिएको थियो । 

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहको प्रमुख अतिथ्यतामा महोत्सवको उद्घाटन गरेका थिए ।

जिल्लामा उत्पादित कृषिजन्य वस्तुको बजारीकरण, स्थानीय कला र संस्कृतिको संरक्षण तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि दैलेख सांस्कृतिक तथा पर्यटन महोत्सव–२०८१ को आयोजना गरिएको महोत्सव संयोजक भुपेन्द्र शाहीले बताए । चैत्र २६ गतेदेखि बैशाख ५ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।  महोत्सव अवधिभर जिल्लाका स्थानीय तहमा उत्पादन हुने कृषि वस्तुहरूको बजारीकरणका साथै स्थानीय कला संस्कृति झल्कने लहरेपैसरी नाच, ढाल तरबार नाच, देउडा तथा रत्यौली नाच, हुड्के नाच, मयुर नाच, टप्पा नाच, गर्रा नाच प्रदर्शनी एवं प्रवर्द्धन गरिने संयोजक शाहीले बताए ।

महोत्सव स्थलभित्र स्थानीय उत्पादन, कला, संस्कृति, पेसा–व्यवसाय र रैथाने परिकार प्रदर्शन तथा व्यापारिक प्रायोजनका लागि एक सय भन्दा बढी स्टल राखिने आयोजक संस्थाहरूले जनाएका छन् ।

रेडियो मातृभूभी एफ.एम. ९६.५ मेगाहर्ज दैलेख र स्वच्छ सहर निर्माण केन्द्र दैलेख मुख्य आयोजक रहेको दैलेख सांस्कृतिक तथा पर्यटन महोत्सवको सह आयोजकमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला शाखा दैलेख र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा दैलेख रहेका छन् । 

प्रकाशित: २७ चैत्र २०८१ १४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App