१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ४:२७ पूर्वाह्न
अर्थ

नेप्सेमा ४१ अंकको सुधार, कारोबार रकममा पनि वृद्धि

कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजारमा उल्लेख्य वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ४१ दशमलब ४३ अंकले बढेर २६६३ दशमलब ३० बिन्दुमा पुगेको छ ।  

बिहीबार ३०९ स्टकको ५५ हजार ४४२ पटक कारोबार हुँदा जम्मा ५ अर्ब २२ करोड ३० लाख ८३ हजार रुपैयाँ बराबरको ९७ लाख ७२ हजार १९६ कित्ता सेयर किनबेच भएको छ।

बिहीबार सेन्सेटिभ इण्डेक्स ५.६० अंक बढेको छ भने फ्लोट इण्डेक्स २.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९६ अंक बढेको छ।  

गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर २६८ रुपैयाँ २९ पैसा बढेर २ हजार ९५१ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ भने सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ८ प्रतिशतले शेयर मूल्यमा वृद्धि भएको छ । 

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको हिमालयन रि इन्स्योरेन्सको ५१ करोड १८ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। नेपाल पुनर्बीमा कम्पनीको २७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे २५ करोडको शेयर किनबेच भएको छ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.०९ प्रतिशत बढेको छ। लगानी र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, वित्त, जलविद्युत, जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। बिहीबार २२७ कम्पनीको शेयर कारोबार बढ्यो भने १६ वटाको कारोबारमा गिरावट आएको छ । 

प्रकाशित: १४ चैत्र २०८१ १५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App