१८ माघ २०८२ आइतबार
image/svg+xml
अर्थ

प्रधानमन्त्रीलाई गैसस महासङ्घको घोषणापत्र हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैह्रसरकारी संस्था महासङ्घ नेपालको नवनिर्वाचित नेतृत्वले ११ औँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ।  

प्रधानमन्त्री निवास, बालुवाटारमा आज महासङ्घका अध्यक्ष अर्जुनकुमार भट्टराईसहितको टोलीले सामाजिक संस्थामैत्री नीति र कानुनको बन्नुपर्ने, नेपाल विकास सम्मेलनको आयोजना गरिनुपर्ने लगायत विषय समेटिएको घोषणापत्र बुझाएको हो। सो अवसरमा प्रधानमन्त्री ओलीले नयाँ नेतृत्वलाई बधाई दिँदै सामाजिक रुपान्तरण र विकासका काममा सफलता हासिल गर्न शुभकामना दिए।  

महासङ्घको गत फागुन २५ देखि २७ गतेसम्म काठमाडौँमा भएको महाधिवेशनबाट अर्जुनकुमार भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचिन भएको थियो।

प्रकाशित: ४ चैत्र २०८१ १३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App