६ चैत्र २०८१ बुधबार
image/svg+xml
अर्थ

कालोसूचीमा परे यी निर्माण कम्पनी, सार्वजनिक खरिदमा रोक

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखेको छ। माघ २७ गतेको निर्णयअनुसार यी कम्पनीहरूले कालोसूचीमा रहेको अवधिभर सार्वजनिक खरिदमा भाग लिन पाउने छैनन्। धुर्कोट गाउँपालिका, गुल्मीले सिफारिस गरेको तारालक्ष्मी/ममता मञ्जु जेभी, सभापोखरी गाउँपालिका, संखुवासभाले सिफारिस गरेको सनम/निर्जरा जेभीलाई कालोसूचीमा राखिएको छ।

यसैगरी, सीताराम मावि, डोटीले सिफारिस गरेको इन्द्रेणी बिल्डर्स एण्ड सप्लायर्स प्रालि, काठमाडौं र सशस्त्र प्रहरी बल नेपाल, महोत्तरीले सिफारिस गरेको जीएस. कमन जेभी, काभ्रेलाई पनि कालोसूचीमा राखिएको छ। 

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सिफारिस गरेको राजेन्द्र निर्माण, काठमाडौं पनि कालोसूचीमा परेको छ। कार्यालयले यी कम्पनीहरूलाई सार्वजनिक खरिद ऐन, २०६३ अनुसार कारबाही गरेको जनाएको छ।

प्रकाशित: २८ फाल्गुन २०८१ १०:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App