२३ माघ २०८२ शुक्रबार
image/svg+xml
अर्थ

एक हजार चार सयले बढ्यो सुनको मूल्य

सुनचाँदीको मूल्य बढेको छ। आज (मंगलबार) सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो।

सोमबार प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला एक लाख ६९ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यसैगरी आज चाँदी प्रतितोला एक हजार नौ सय ४० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ९२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। रासस

प्रकाशित: २० फाल्गुन २०८१ ११:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App