१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

एनसेलको रोमाञ्चक भ्यालेन्टाइन अफर: डेटा प्याक खरिद गर्दा न्यूम्यू सनग्लास जित्ने अवसर !

<br>

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको अवसरमा, एनसेलले न्यूम्यूसँगको सहकार्यमा ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर सार्वजनिक गरेको छ।

यस विशेष योजनाअन्तर्गत ग्राहकहरूले डेटा प्याक खरिद गर्दा बोनस डेटा प्राप्त गर्न सक्नेछन्। साथै, २५ जना भाग्यशाली ग्राहकहरूले न्यूम्यूको सनग्लास जित्ने अवसर पाउनेछन्।

यो विशेष अफर केवल एनसेल एपमा उपलब्ध हुनेछ। भ्यालेन्टाइन डेका दिन एनसेल एपमार्फत फ्ल्यास सेलमा रहेका डेटा प्याकहरू खरिद गर्ने प्रत्येक ग्राहकले प्याकअनुसार १ जीबीदेखि ३० जीबीसम्मको बोनस डेटा तथा ५० मिनेटको अन–नेट टक टाइम प्राप्त गर्नेछन्।

साथै, फ्ल्यास सेल प्याक खरिद गर्ने सबै ग्राहकहरूले मार्च ८ सम्म न्यूम्यू उत्पादनहरूमा २० प्रतिशत छुट पाउने सुविधा उपलब्ध हुनेछ।

यसका लागि ग्राहकहरूले आफ्नो मोबाइलमा एनसेल एप डाउनलोड तथा प्रयोग गर्नुपर्छ। यदि एप नभएको खण्डमा, एप डाउनलोड गरी एनसेल नम्बर प्रयोग गरी लगइन वा साइन अप गर्न सकिन्छ।

फेब्रुअरी १४ का दिन ग्राहकहरूले एनसेल एपको फ्ल्यास सेल सेक्सनमा गई, त्यहाँ रहेका आठ डेटा प्याकमध्ये आफूलाई उपयुक्त प्याक छनोट गरी खरिद गर्न सक्छन्। अफर सूचीमा १ दिनको रु. ५० अनलिमिटेड डेटा प्याकदेखि ३० दिनको रु. १,४९९ सम्मका प्याकहरू उपलब्ध छन्।

उदाहरणका लागि, १ दिनको अनलिमिटेड डेटा प्याक खरिद गर्दा ग्राहकहरूले ५० मिनेटको अन–नेट टक टाइम बोनस रूपमा प्राप्त गर्नेछन्। त्यस्तै, रु. १५० को ७ जीबी डबल मज्जा प्याकमा २ जीबी बोनस डेटा थप पाइन्छ। यस्तै, रु. ५९९ पर्ने २८ दिनको ४२ जीबी होम एन्ड अवे प्याकमा ५ जीबी बोनस डेटा उपलब्ध हुनेछ।

यो फ्ल्यास सेलअन्तर्गत, रु. ५९९ देखि रु. १,४९९ सम्मका सधैं अन प्याक खरिद गर्दा ग्राहकहरूले ५ जीबीदेखि ३० जीबीसम्मको बोनस डेटा प्राप्त गर्न सक्छन्। यसले ग्राहकहरूलाई उत्कृष्ट अनलाइन कनेक्टिभिटी प्रदान गर्नुका साथै निरन्तर सम्पर्कमा रहन मद्दत गर्नेछ।

Product  Rs  ValidityVolume  Bonus
DoubleMajja1507 D7GB2 GB
50 Unlimited501 D24 Hours50 Min On-Net
65 Data653 D2 GB1 GB
599 Home & Away59928 D42 GB5 GB
Sadhain ON 59959930 D20 GB5 GB
Sadhain ON 79979930 D30 GB9 GB
Sadhain ON 99999930 D50 GB15 GB
Sadhain ON 1499149930 D100 GB30 GB

प्रकाशित: १ फाल्गुन २०८१ २१:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App