९ माघ २०८१ बुधबार
image/svg+xml
अर्थ

तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण

कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ निर्मित मोटरेवल पुल यसै सातादेखि सञ्चालन भएको छ। पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ।

पुलबाट जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका-६ जोडिएका छन्। जैमिनी नगरपालिका-५ का कृष्णबहादुर थापाले कालीगण्डकीमा पुल बनेपछि सामान ढुवानी र यात्रा गर्न धेरै सहज भएको बताए।

पुलबाट यात्रा गर्दा अब पोखरा पुग्न ३० किलोमिटर दूरी घटेको उनले सुनाए।

प्रकाशित: ९ माघ २०८१ ०७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App