९ माघ २०८१ बुधबार
image/svg+xml
शिक्षा

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ। आजदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो।

नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुने गरी बिदा दिइएको छ।

शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको उनले स्पष्ट गरे। अभिभावकले पनि बिदाका निम्ति अनौपचारिक रूपमा विद्यालयका साथै पालिकामा अनुरोध गर्दै आएका थिए। 

प्रकाशित: ९ माघ २०८१ १०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App