ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा निर्माण गरिने केवलकारको बटम स्टेशनमा स्काभेटरमार्फत निर्माण कार्य सुरु भएको छ।
निर्माण कम्पनी हिमालयन कन्स्ट्रक्सनका प्रोपाइटर इन्द्र केदेमका अनुसार मंगलवार बिहानबाट बटम स्टेशन क्षेत्रबाट काम अघि बढाइएको हो।
केदेमले आगामी १५ महिनाभित्र केवलकार निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाइएको जानकारी दिए।
गत कात्तिक २३ गते बटम स्टेशन क्षेत्रमा केवलकार निर्माणको शिलान्यास गरिएको थियो। त्यतिबेला केवलकार निर्माणको विरोध र समर्थन गर्ने पक्षहरूबीच झडप समेत भएको थियो।
निर्माण सामाग्रीसहित स्काभेटर लैजाँदा विवाद सिर्जना भएको भए पनि अब कामले गति लिएको केदेमले बताए।
प्रकाशित: ८ माघ २०८१ १४:३६ मंगलबार