९ माघ २०८१ बुधबार
image/svg+xml
अपराध

महिला यात्रुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ‘इनड्राईभ’ चालक पक्राउ

इनड्राईभ राइड सेयरिङ सेवा प्रदायक कम्पनीका एक चालकलाई यौन दुर्व्यवहारको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

चितवनको नारायणी नगरपालिका-४ का २५ वर्षीय प्रवीण बराललाई मंगलबार काठमाडौंबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार एक युवतीले इनड्राईभको सेवा प्रयोग गर्दा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै उजुरी दिएकी थिइन्। उक्त उजुरीको आधारमा चालक बराललाई पक्राउ गरिएको जनाइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। पक्राउ परेका चालकलाई अहिले प्रहरी परिसरमा राखिएको छ।

प्रकाशित: ८ माघ २०८१ १९:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App