७ माघ २०८१ सोमबार
image/svg+xml
अर्थ

गभर्नरको आरोप: अराजकताले अर्थतन्त्रमा असर देखायो

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रका सूचकहरू समग्रमा अत्यन्त राम्रो रहेको बताएका छन् । सोमबार कृषि विकास बैंकको ५८ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले अर्थतन्त्र समग्रमा राम्रो रहे पनि अराजकताले धेरै ठाउँमा असर पनि देखाइरहेको बताएका हुन् । 

‘अर्थतन्त्र समग्र रूपमा अर्थतन्त्रका आधारभूत अवयवहरू अत्यन्तै राम्रा छन्,’ गभर्नर अधिकारीले भने, ‘हामी बाह्य क्षेत्रमा सबल छौँ ।’ पछिल्लो समय बाढी, पहिरोको निकै ठुलो असर परेको देखेको पनि उनले बताए । 

‘तर पनि औसतमा अहिलेसम्म नेपाल राष्ट्र बैंकले राखेको जुन लक्ष्य छ, त्यो भित्रै इन्प्लेसन बसेको अवस्था छ,’ उनले भने । 

बैंकिङ प्रणालीमा तरलता एकदमै राम्रो रहेको बताउँदै गभर्नर अधिकारीले बैङ्कहरूमा राम्रो पुँजीकरण रहेको बताए । उनले भने, ‘भलै अलिकति स्ट्रेस प्रफिटमा छ । रिकोभरीमा छ । त्यो हामीले स्पष्ट रूपमा देखेका छौँ । रिकोभरीमा भइरहेको स्ट्रेस दुई किसिमबाट गाइडेड छ ।’ 

यद्यपि अर्थतन्त्रमा अलिकति ‘स्लो डाउन’ भएको असर देखिने गरेको पनि उनले बताए । ‘एक खालको अराजक गतिविधि हुने र बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको असर पनि धेरै ठाउँमा छ,’ गभर्नर अधिकारीले भने, ‘यसको बाबजुद बैंकका साथीहरू आफ्नो ठाउँमा ग्रास रुटमा खट्नुभएको छ ।’

प्रकाशित: ७ माघ २०८१ १३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App