२८ पुस २०८१ आइतबार
image/svg+xml
अर्थ

चार वर्षका लागि नियुक्त भएकाले मलाई हटाउन मिल्दैन: कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू चार वर्षका लागि नियुक्त भएकाले सरकारले हटाउन नमिल्न दाबी गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आफ्नो स्पष्टीकरण बुझाउँदै उनले कार्यसम्पादनमा समेत  उच्च अकं प्राप्त गरेको स्पष्ट पारेका छन् । पत्रमा उनले मन्त्रिपरिषद्को २०७८ साउन २५ गतेको निर्णयअनुसार साउन २७ गते आफूलाई मन्त्रालयले चार वर्षका लागि नियुक्ति पत्र दिएको बताएका छन् ।

निर्देशक घिसिङले संस्थागत हित र उल्लेख्य कार्यप्रगति भइरहेको बताउँदै चार वर्षे कार्यावधिका लागि नियुक्ति भएकाले कारबाही वा निर्णय गर्ने अधिकार मन्त्रालयसँग नरहेको बताएका हुन् ।

मन्त्रालयले ७ दिनभित्र बुझाउने गरी सोधेको ९ बुँदे स्पष्टीकरणको जवाफमा उनले भनेका छन्, कार्यसम्पादन विवरणमा तोकिएको लक्ष्य अनुसार ९८.९९ प्रतिशत अंक प्राप्त हुने गरी नतिजा तथा कार्यप्रगति हासिल भएको अवस्थामा नियुक्ति पत्र रद्द गर्ने भन्ने विषय आफैंमा विधिसम्मत नहुने व्यहोरा समेत निवेदन गर्दछु ।

सञ्चालक समितिका बैठकहरुमा आफूले विज्ञता र अनुभवमात्र प्रस्तुत गरेको जिकिर गर्दै उनले कुनै असहयोगी भूमिका नखेलेको दाबी गरेका छन् । निर्देशक घिसिङले गत बिहीबारमात्रै कार्यसम्पादन विवरण मन्त्रालयमा पेस गरेका थिए ।

प्रकाशित: २८ पुस २०८१ १८:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App