२८ पुस २०८१ आइतबार
image/svg+xml
अर्थ

क्याथे प्यासिफिकको जहाजमा विषाक्त खाना, २८ यात्रुलाई ‘फुड पोइजन’

काठमाडौंबाट हङकङ उडान भर्ने क्याथे प्यासिफिकको जहाजले विषाक्त खानेकुरा बाँड्ने गरेको पाइएको छ । छुट्टाछुट्टै मितिमा उक्त उडानमार्फत् काठमाडौँबाट हङकङ गएका २८ जना यात्रुलाई जहाजले दिएको खाना खाँदा फुड पोइजन भएको हो । क्याथे प्यासिफिकको जहाजमार्फत् जनवरी ८ मा हङकङ गएका १० जना र जनवरी ९ मा १८ जना यात्रुलाई फुड पोइजन भएको हो ।  

अखाद्य खानेकुरा वितरण गरेको सन्दर्भमा छानविन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सुमन धितालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । समितिलाई प्रतिवेदन बुझाउन ७ दिनको समय दिइएको छ ।

विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले  ‘इन्टरनेशनल फुड सेफ्टी अथोरिटी नेटवर्क’ को इमरजेन्सी कन्ट्याक्ट पोइन्टको रुपमा विभागका महानिर्देशक रहने जानकारी दिँदै  सोही नेटवर्कमार्फत २८ जनामा फुड पोइजन भएको इमेल प्राप्त भएको बताए ।

प्रकाशित: २८ पुस २०८१ १८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App