२८ पुस २०८१ आइतबार
image/svg+xml
अर्थ

सार्क र आइरेनाबीच ऊर्जा विकासमा क्षेत्रीय सहकार्य समझदारी

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र इन्टरनेसनल रिन्यूएबल इनर्जी एजेन्सी (आइरेना) बीच नवीकरणीय ऊर्जा विकासमा क्षेत्रीय सहकार्यलाई मजबुत बनाउन समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

अबुधाबीमा आयोजित एक विशेष समारोहमा सार्कका महासचिव महामहिम मो. गोलाम सरवार र आइरेनाका महानिर्देशक महामहिम फ्रान्सेस्को ला क्यामेराले समझदारीपत्रमा हस्ताक्षर गरे।

यस समझदारीले दक्षिण एसियाली क्षेत्रमा नवीकरणीय ऊर्जा स्रोतहरूको दिगो र व्यापक उपयोग प्रवर्द्धन गर्ने उद्देश्यले दुवै संस्थाबिच सहकार्यका संरचनात्मक आधारहरू स्थापना गरेको छ।

समझदारीपत्रअनुसार ज्ञान आदानप्रदान, क्षमता विकास, र नवीकरणीय ऊर्जा प्रवर्द्धनका संयुक्त परियोजनाहरू कार्यान्वयनमा जोड दिइनेछ। दुवै संस्थाले आ–आफ्ना क्षमताहरूको अधिकतम उपयोग गर्दै दक्षिण एसियाली राष्ट्रहरूलाई दिगो ऊर्जा प्रणालीतर्फ छिटो रूपान्तरण गर्न सहयोग पुर्‍याउने लक्ष्य लिएका छन्।

यस साझेदारीले सार्क सदस्य राष्ट्रका नेताहरूको दृष्टिकोणसँग मेल खाने गरी, दिगो ऊर्जामा रूपान्तरण गर्ने विश्वव्यापी प्रतिबद्धतालाई बलियो बनाउन सहयोग गर्नेछ। साझा प्रयासमार्फत दक्षिण एसियामा नवीकरणीय ऊर्जाको सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्दै, क्षेत्रीय विकास र समृद्धिको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २८ पुस २०८१ १५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App