१० माघ २०८१ बिहीबार
image/svg+xml
अर्थ

नायब कार्यकारी निर्देशक गोइतलाई सर्वोत्कृष्ट कर्मचारी सम्मान

नेपाल आयल निगमको ५५ औं वार्षिकोत्सवको अवसरमा निगमका नायब कार्यकारी निर्देशक विरेन्द्र गोइतलाई ५० हजार राशीको सुर्वण सर्वोत्कृष्ट कर्मचारी सम्मानबाट सम्मानित भएका छन्। 

वार्षिकोत्सवको अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नगदसहित प्रमाण पत्रले सम्मान गरे। निगममा रहेर लामो समय सेवा गरेका गोइतले उत्कृष्ट कार्य सम्पादन गरेकोमा पुरस्कृत भएका हुन्। 

गोइतले इन्धन आपूर्तिमा प्रभावकारी भूमिका निर्वाह गरेको, इन्धन भण्डारण योजना, पाइप लाइन परियोजना साथै भारतको सहयोगमा निर्माण हुन लागेका भण्डारण गृहको सम्झौता गर्नमा समेत गोइतको महत्वपूर्ण भूमिका रहेको छ। 

त्यसैगरी, सो अवसरमा २५ हजार रुपैयाँ राशीको उत्कृष्ट कर्मचारी सम्मानबाट राजेश सिलवाल, भैरव रावल, रूपेशकुमार शाह, डिल्ली बहादुर डिसी र छोटु पण्डीलाई सम्मान गरिएको छ।

कार्यक्रममा मन्त्री भण्डारीले इन्धनको व्यापार निरन्तर घट्दो क्रममा रहेको हुँदा अब यो व्यवसायको विकल्प खोज्न आग्रह गरे।
कार्यक्रममा निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले निगमले विगतमा धेरै ठूला चुनौतीको सामना गर्दै यो उचाइमा आएको बताए। निगमले अमलेखगञ्जमा पाइपलाइनबाट इन्धन ढुवानी गर्दा प्रति लिटर ३ रुपैयाँ खर्च कटौती गर्न सफल भएको बताए।

कार्यक्रममा एल.पी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरे, नेपाल पेट्रोलियम ढुवानी महासंघका अध्यक्ष मनोज दास, नेपाल पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधान, नेपाल आयल निगम स्वतन्त्र कर्मचारी संघका अध्यक्ष विकास बखती, आधिकारीक ट्रेड युनियनका अध्यक्ष बिरेन्द्रबहादुर चन्दले शुभकामना मन्तव्य राखे।

प्रकाशित: २६ पुस २०८१ १८:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App