अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। अन्तरराष्ट्रिय बजारसमा आज एक औँस सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ।
बुधबारको तुलनामा आज प्रतितोला सुनमा आठ सय रूपैयाँले बढेको छ भने सोही परिमाणको चाँदी पनि १० रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुन आज एक लाख ५३ हजार ३०० रूपैयाँमा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ४० कायम भएको छ।
प्रकाशित: २५ पुस २०८१ १३:०० बिहीबार