३ चैत्र २०८१ आइतबार
image/svg+xml ४:० पूर्वाह्न
अर्थ

लोडसेडिङ हुँदा खुसी हुने जमातले लोडसेडिङको हल्ला फिँजाए: कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङ घोषणा भएको हल्ला फैल्याएको दाबी गरेका छन्।

शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा आयोजित कार्यक्रममा बोल्दै लोडसेडिङ हुँदा रमाउने जमातले प्राविधिक रुपमा थोरै समस्या हुँदा बजारमा लोडसेडिङ घोषणा भएको हल्ला फैल्याएको दाबी गरेका हुन्। उनले अहिले लोडसेडिङ नभएर आयोजनाहरूमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत वितरणमा समस्या भएको बताए।

उनले माथिल्लो तामाकोसी र कालिगण्डकी बन्ने बित्तिकै लोडसेडिङ समस्या समाधान हुने दाबी गरे। उनले व्यस्त समयमा केही मात्रै उद्योगको लाइन काटेको भन्दै त्यो समयमा नागरिकलाई सहज बनाएको बताए। उनले उद्ययोगीहरु विद्युत् काट्यो भनेर प्राधिकरणले लोडसेडिङ घोषणा ग¥यो भन्दै हल्ला फैल्याउन व्यस्त भएको बताए। उनले माथिल्लो तामाकोसी र कालिगण्डकी जलविद्युत आयोजना आगामी १० दिनमा जोडिएपछि लोडसेडिङको समस्या पनि हट्ने जानकारी दिए।

प्राधिकरणको घाटामा फाइदा लिनेहरू धेरै रहेको उनले बताए। उनले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम व्यवसायीहरूले दिनको विकल्प नभएको उल्लेख गरे। उनले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम तिर्नुपर्नेमा जोड दिए। उनले ऊर्जा मन्त्रीप्रति सङ्केत गर्दै बाढीको कारण क्षति भएका आयोजनाहरू बनाउन असहयोग भएको बताए। 

प्रकाशित: ५ पुस २०८१ १५:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App