हुस्सुका कारण पूर्वी क्षेत्रका अधिकांश विमानस्थलमा मंगलबार बिहान उडान ठप्प भएको छ।
बाक्लो हुस्सुका कारण मध्याह्न करिब १२ बजेसम्म अधिकांश विमानस्थलमा उडान र अवतरण हुन सकेको छैन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार बिहान जनकपुर, सिमरा, भद्रपुर, विराटनगर, चन्द्रगढी, राजविराज लगायत विमानस्थलमा उडान, अवतरण हुन सकेन।
विमानस्थल कार्यालयका अनुसार चन्द्रगढी, राजविराज र सिमरा विमानस्थलमा भने भर्खरै मात्र उडान भएको छ भने जनकपुर र विराटनगरमा भो अझै हुन सकेको छैन।
तोकिएको समयमा उडान हुन नसकेपछि यात्रुले सास्ती खेप्न परेको छ। त्यस्तै काठमाडौँ विमानस्थलमा यात्रुको भीड लागेको छ।
प्रकाशित: २५ मंसिर २०८१ १२:५३ मंगलबार